फिल्म गरुढ पुराणको गीतमा नाच्दा नगद रु पचास हजार पाउने भएको छ । फिल्मको म त पिरिम मा बोलको गीतमा नाचेर छनौट हुनेले पचास हजार नगद राशी पाउने भएको हो । फिल्मका निर्माण टिमले फिल्मको कभर गीतमा भिडियो प्रतिस्पर्धा आयोजना अन्तर्गत शो राशिको व्यवस्था गरिएको हो । मदानी क्रीएसनको सहकार्यमा गरिएको प्रतियोगिताको उत्कृष्ट नृत्यले नगद राशी सहित एउटा म्युजिक भिडियो र नृत्य समुहका सदस्यहरुको फोटो सेसनको अवसर लगायतका पुरस्कार पाउने चलचित्रका निर्देशक सुवास कोइरालाले बताएका छन् ।
प्रतियोगितामा भाग लिन एकल वा युगल वा सामुहिक रुपमा कभर भिडियो बनाएर क्रिएशन मदानी जिमेलमा पठाउनु पर्नेछ । उपलब्ध भिडियोहरु मदानी क्रीएसनको युटुब च्यानलमा अपलोड गरिने क्रीएसनका सिइओ बिष्णुकान्त घिमिरेले बताएका हुन् । दिनेस राउतको शब्द रहेको गीत ’म त पितिममा’ मा कोसिस क्षेत्री र मनिशा पोख्रेलको स्वर रहेको छ भने रेनशा बान्तवा राइले कोरियोग्राफी गरेकी छिन । चलचित्र माघ ४ गते देशब्यापी प्रदर्शनमा आउनेछ ।