तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चलचित्र ‘सतीदेवी’को ट्रेलर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण १९ गते, शनिबार ६:०५

काठमाडौं ।चलचित्र ‘सतीदेवी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

महिलाको विषयमा निर्माण भएको फिल्मको ट्रेलरमा पनि महिला सशक्तीकरणको सन्देश नै समेटिएको भन्दै चर्चा भएको छ ।

कार्यक्रममा निर्देशक लक्ष्मण सुवेदीले ‘सतीदेवी’ अहिले बजारमा आएको भन्दा भिन्न र उत्कृष्ट फिल्म भएको दाबी गरे । फिल्मले महिलाको विषयमा समाजमा भएको भ्रम चिर्न सन्देश दिने उनको भनाई छ । सुवेदीले आफूले समाजमा देखेको र भोगेको कथावस्तुलाई फिल्ममा उतारेको सुनाए । यसअघि विभिन्न अवार्डमा समेत फिल्मले उत्कृष्ट अवार्ड हात पारिसकेको छ ।

कार्यक्रममा फिल्मको शीर्ष भूमिकामा रहेकी अभिनेत्री मलिका महतले फिल्मको कथा आफ्नो भूमिका सशक्त लागेर अभिनय गरेको बताइन् । फिल्मले समाजमा एक किसिमको चेतना बाँड्ने उनको धारणा रहेको थियो ।

फिल्ममा मलिकाको अलवा सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा र बाल कलाकार हर्षिका वली र मन्जिला बानियाँको अभिनय छ । निर्देशक लक्ष्मणकै लेखन, गीत, निर्माण समेत रहेको फिल्म गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुतिमा श्रीदेवी सुवेदीले बनाएकी हुन् ।

भदौ ७ गतेदेखि सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्मले सौराह दक्षिण एसियाली फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक तथा तेस्रो नेपाल ग्रामीण फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, सर्वोत्कृष्ट स्क्रिप्ट र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु