दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लोकप्रिय बन्दै गायक खेमराज तिवारीको तिज गित ´झुम्काना`

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ श्रावण २८ गते, सोमबार ११:१०

साउन २८, काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक खेमराज तिवारीले नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर यस बर्ष आफ्नो नयाँ कोशेली´ झुम्काना` बजारमा ल्याएका छन् ।

रमेश परियारको शब्द संगित एवम् गायिका सुस्मा बिश्वकर्मा र खेमराज तिवारीको सुमधुर स्वर रहेको सार्वजनिक गितको भिडियोलाई अशोक बिकले निर्देशन गरेका छन् ।

उक्त गितको भिडियोमा अशोक बिक र जुना बिश्वकर्माको अभिनय देख्न सकिन्छ। सो गितको भिडियोलाई महेश महराले छायांकन र प्रबिन भट्टले सम्पादन गरेका छन् ।
´झुम्काना` बोलको यस गितलाई एआर इन्टरटेनमेन्टको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको हो ।

गायक तिवारी बिगत ढेड दशक देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय भएर गायन संगै अभिनयमा पनि उतिकै सक्रिय छन्। पछिल्लो समय लोक गितमा देखिएको विकृति र सो शैली भन्दा फरक तरिकाले आफ्नो मौलिकता जोगाउन नेपाली रहनसहन संगै संस्कृतिको जगेर्ना गर्ने हिसाबले  सांगीतिक क्षेत्रमा काम गर्दै आएका छन् । उनको ´चौबन्दीको तुना`, ´यो बैसले आतिने भएको छु`तिम्रो जवानीले,तिम्रै झल्को आउँछ , लगाएत दुई दर्जन भन्दा सफल गित हामीले हेर्न र सुन्न सक्छौ ।

हेर्नुहोस्  सार्वजनिक गितको पूरा भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु