दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बूढानीलकण्ठ आश्रम विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र २ गते, आईतवार ५:२२

काठमाडौं, भदौ १ गते । बूढानीलकण्ठ आश्रमले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार जित हात पारेको छ ।
धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा बूढानीलकण्ठ आश्रमले संस्कृतिलाई १४–१० ले पराजित ग¥यो । बूढानीलकण्ठ आश्रमकी सम्भावीले ४ स्कोर गरिन् ।
सिनियर ब्वाइजमा वेदव्यासले स्कोलर्स होमलाई ३०–२२, भद्रकालीले फ्लोरोसेन्टलाई ३७–२१, न्युटनले बूढानीलकण्ठ आश्रमलाई ४०–३०, संस्कृतिले एक्टिभलाई ४५–३२ र भ्याली पब्लिकले आयोजक ग्रिनल्यान्ड ‘बी’ लाई ६३–५० ले हराए । वेदव्यासका दर्पणले १२, भद्रकालीका सुदिप श्रेष्ठले १८, न्युटनका अनिश गुरुङले १३, संस्कृतिका आयुशले १८ र भ्याली पब्लिकका अनिमेशले २२ अंक जोडे ।
जुनियर ब्वाइजमा एन्जल्स हार्टले किङडमलाई २७–२५, फ्लोरोसेन्टले भद्रकालीलाई ३१–२१, न्युटनले नव ज्ञानभूमिलाई २६–१८ र भ्याली पब्लिकले हिमरश्मीलाई २५–११ ले पाखा लगाए । एन्जल्स हार्टका रुपेश पौडेलले १२, फ्लोरोसेन्टका सम्बोधित पौडेलले १४, न्युटनका आशिष राईले १० र भ्याली पब्लिकका अशोक विकले १० स्कोर गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु