दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पिनाकलले जित्यो अन्तर कलेज क्रिकेटको उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र ८ गते, शनिबार १८:३७

एईसीसी प्रथम इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि पिनाकल एकेडेमीले जितेको छ । हाइप यति इभेन्ट्सको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा पिनाकलले हिमालयन व्हाइट हाउसलाई ४ रनले पराजित गर्यो ।
चुनिखेल स्थित रोयल स्पोर्ट्स पार्कमा सम्पन्न खेलमा पिनाकलले दिएको ९९ रनको लक्ष्य पछ्याएको हिमालयन व्हाइट हाउस कलेजले पूरा १० ओभर ब्याटिंग गर्दै ६ विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।
लक्ष्य पछ्याउने क्रममा हिमालयन व्हाइट हाउसको लागि नितिश मोक्तानले सर्वाधिक ३८ रन बनाए । मोहम्मद रियाजले १८ रन बनाए । पिनाकलको बलिंगमा अभिषेक थापाले सर्वाधिक ३ विकेट लिए । प्लेयर अफ द फाइनल समेत घोषित भएका थापाले ३ ओभरमा २२ रन खर्चिए । यस्तै अपराजित पौडेलले २ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको पिनाकलले निर्धारित १० ओभरमा ४ विकेट क्षेतीमा ९८ रन बनायो ।
पिनाकलको लागि अभिषेक थापाले सर्वाधिक २४ रन बनाए ।यस्तै संदेश खड्काले १८, हिमाल बिस्टले १६ तथा अपराजित पौडेलले १३ रन बनाए । व्हाइट हाउसका जीवन कार्कीले २ विकेट लिए ।
विजेता पिनाकल कलेजले ५० हजार रुपैयाँ, उपविजेताले ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस अघि सम्पन्न पहिलो सेमीफाइनलमा पिनाकलले सिक्षान्तर कलेजलाई १२ रनले तथा हिमालयन व्हाइट हाउसले एभीएस स्कुललाई २६ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
प्रतियोगिताको उत्कृस्ट खेलाडी पिनाकल एकेडेमीका अभिषेक थापा घोषित भए । यस्तै उत्कृस्ट ब्याटर शिक्षान्तर कलेजका कृष शाही ठकुरी, उत्कृस्ट बलर पिनाकल एकेडेमीका अभिषेक थापा, यस्तै उत्कृस्ट फिल्डर हिमालयन व्हाइट हाउसका नितिश मोक्तान घोषित भए । विजेता खेलाडीहरुले मुख्य प्रायोजक एईसीसी, क्यालीबर सुज, गोपाला फ्रेसोको तर्फबाट गिफ्ट ह्याम्पर, मेडल तथा सर्टिफिकेट पाए ।
विजेता खेलाडीहरुलाई नेपाल विद्यार्थी संघ काठमाडौँका अध्यक्ष मनिष डंगोल, ई–स्पोर्ट्स एसोसीएसन नेपालका सचिव अधिराज रेग्मी, नेपाली कांग्रेसका युवा नेता सचिन तिमल्सिना तथा मिस्टर नेपाल २०१९ डा. सन्तोष उपाध्यायले पुरस्कार प्रदान गरे । ४ दिन सम्म चलेको प्रतियोगितामा ३२ वटा टिमहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु