तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

किड क्वीन प्रतियोगिता लाख बत्ती बालेर आरम्भ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र १० गते, सोमबार ४:२३

काठमाडौं ।यस वर्षको किड क्वीन प्रतियोगिता लाख बत्ती बालेर पूजाआजा गरी विश्व शान्ती र सुख समृद्धिको कामना गर्दै आरम्भ भएको छ।
नेप्लीज फेशन होमको आयोजनामा हरेक वर्ष हुँदै आएको किड क्वीन प्रतियोगिताको १९औं संस्करणमा सामेल प्रतियोगीहरुबाट बंगलामुखी मन्दिरमा लाख बत्ती बालेर पूजाआजा गरी विश्व शान्ति र समृद्धिको कामना गर्दै यो प्रतियोगिता आरम्भ गरिएको हो। प्रतियोगीमा ४० जना प्रतियोगी सामेल छन्।
कार्यक्रम मिस नेवा ः कृषा महर्जन र सकिना महर्जन, प्रतियोगिीहरुका अभिभावक तथा शिक्षक शिक्षीकाको सहभागीता एवं बगलामुखी सहकारीको सहयोगमा सम्पन्न भएको हो। सहभागीहरुलाई संस्कार सिकाउन र मानिसको जीवनमा धर्मको महत्व दर्शाउन यो कार्यक्रम आयोजना गरिएको आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्। उनका अनुसार कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न यो प्रतियोगिता आयोजना गरिँदै आएको छ। प्रतियोगिताका सहभागीहरुलाई विभिन्न सैद्धान्तिक तथा व्यबहारिक ज्ञान प्रदान गरिने पनि उनले जानकारी गराइन्। प्रतियोगीहरुलाई अन्तिम प्रतिस्पर्धाका लागि विभिन्न विषयको तालिम र प्रशिक्षण दिईरहेको आयोजकले जानकारी गराएका छन्।
प्रतियोगिता विजया दशमीपश्चात जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ। प्रतियोगितामा मिस नेवाः ११४३ सकिना महर्जन र सोसियल वेलफेयर एम्बेस्डर चिफ तिमीला महर्जनको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जनको संयोजनमा हुनेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु