दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

शिभाली कम्बोडिया जाने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र १७ गते, सोमबार ४:५५

टेनिस खेलाडी शिभाली गुरुङ प्रतियोगिता र हाइ पर्फमेन्स तालिममा सहभागी हुन सोमबार कम्बोडिया जाने भएकी छन् ।
शिभाली पहिले सेप्टेम्बर ४ देखि ७ तारिखसम्म हुने एटीएफ यु–१४ हाइ पर्फमेन्स तालिममा सहभागी हुने छिन् । त्यसपछि जीएसपीडीपी एसियन यु–१४ जुनियर टेनिस प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्ने छिन् । प्रतियोगिता सेप्टम्बर ९ देखि १३ तारिखसम्म हुनेछ ।
अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) र एसियाली टेनिस महासंघ (एटीएफ) को स्वीकृतिमा हुन लागेको प्रतियोगिता र तालिम टेनिस कम्बोडियाले आयोजना गर्न लागेको हो ।
शिभालीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा र सदस्य अजय विष्टले सफलताको शुभकामना दिदै आइतबार सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा एक कार्यक्रमबीच बिदाइ गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु