तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागीसहित अभिभावकलाई दिईयो बाल स्वास्थ्य संबन्धी प्रशिक्षण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र २२ गते, शनिबार १७:४८

काठमाडौं । ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका सहभागी प्रतियोगीसहित अभिभावकहरुलाई लक्षित गरि बाल स्वास्थ्य संबन्धी प्रशिक्षण दिईएको छ । ग्लोरी मिडियाद्धारा सुकेधारा निलोपुल स्थित ब्रेनल्याण्ड एकेडेमीमा भाद्र २२ गते शनिवार आयोजित बाल स्वास्थ्य विषयक उक्त प्रशिक्षण कार्यक्रम माझ बरिष्ठ बाल रोग बिशेषज्ञ डा. हरिकृष्ण बाँस्कोटाले प्रशिक्षण दिनुभएको हो । सो अवसरमा बालरोग विशेषज्ञ डा. बास्कोटाले गर्भमा रहेदेखी किशोरावस्थासम्म बालबालिकामा हुने शारिरीक एवं मानसिक परिवर्तन साथै उमेर अनुसार उनीहरुलाई आवश्यक पर्ने पोषण तत्व बारे प्रकाश पार्नुभएको थियो । डा. बास्कोटाले पत्रु खानाले बालबालिकाको वृत्तिविकासमा असर गर्ने हुदाँ स्वास्थबद्र्धक खाना मात्र सेवन गर्नुपर्ने र बालबालिकाहरुलाई अन्य उमेर समुहका मानिसलाई भन्दा बढि मात्रामा पोषण आवश्यक पर्ने बताउनुभएको थियो । साथै उहाँले अनुभव साटासाट गर्ने क्रममा आफनो बाल्यकाल, शिक्षा दिक्षा तथा पेशागत रुपमा विगतमा युनिसेफमा आवद्ध भई विश्वका विभिन्न देशहरु पुगेर आफूले दिएको स्वास्थ्य सेवा र बाल स्वास्थ्यको महत्व बारे पनि चर्चा गर्नुभएको थियो । उक्त कार्यक्रमको प्रश्नोत्तर सत्र माझ सहभागी बालबालिका एवं अभिभावकहरुले डा. बाँस्कोटासँग बाल स्वास्थ्यसँग संबन्धित रही विभिन्न जिज्ञासाहरु राख्नुभएको थियो । ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाको सभापतित्वमाझ आयोजित सो कार्यक्रममा लिटिल बुद्धज एकेडेमीका भाईस प्रिन्सिपल शंकर घिमिरे, ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसका ईभेण्ट डाईरेक्टर सोमप्रसाद बास्तोला आदीको उपस्थिती रहेको थियो ।
उक्त सत्र पश्चात टेलिभिजन कार्यक्रम प्रस्तोता एवं निर्देशक समेत रहनुभएका ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले प्रतियोगीहरुलाई टेलिभिजन कार्यक्रम प्रस्तोता संबन्धी प्रशिक्षण दिनुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु