तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चलचित्र ‘ज्वाइँ साब’को पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र २७ गते, बिहीबार ४:०८

काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’को पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच गीत सार्वजनिक भएको हो । गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर छ ।

गीतमा यादव लम्सालको शब्दमा अर्जुन पोखरेलले संगीत छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जितु नेपाल र नीति शाहको नृत्य छ ।

दसैँको फूलपातीमा रिलिज हुन लागेको यो फिल्मलाई वसन्त निरौलाले निर्देशन गरेका हुन् । विजय बस्याल कार्यकारी निर्माता रहेको यो फिल्ममा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ ।

राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको फिल्ममा जितु र नीतिका अलवा बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणि नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सीपी पौडेल, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनिल तामाङ, नविन काफ्ले, शिवु पाण्डे लगायतका कलाकारहरूको अभिनय छ ।

यो फिल्म आगामी असोज २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु