तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

वेब सिरिज ‘घर बट इन अमेरिका’को पहिलो सिजनको टिजर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ भाद्र २७ गते, बिहीबार ४:१९

काठमाडौं ।वेब सिरिज ‘घर बट इन अमेरिका’को पहिलो सिजनको टिजर सार्वजनिक गरिएको छ । सिरिजको निर्देशन बिमलेश अधिकारीले गरेका हुन् भने पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका छन् ।

सिचुएशनल कमेडी–ड्रामा विधामा निर्माण भएको सिरिजमार्फत चर्चित अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि अभिनयमा पुनरागमन गरेकी छन् । सिरिजमा अरुणिमासँगै बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापाको मुख्य भूमिकामा अभिनय छ ।

‘घर बट इन अमेरिका’को सम्पूर्ण छायाङ्कन अमेरिकामै भएको हो । सिरिजको निर्माण सेभेन कलर्स डिजिटलले गरेको छ । पशुपति बस्यालको छायाङ्कन, मित्र डी. गुरुङको सम्पादन रहेको सिरिजका कार्यकारी निर्माता रोशन घिमिरे हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु