दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

‘पर्खाई ’ बोलको म्युजिक भिडियो सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन २ गते, बुधबार ४:३७

काठमाडौँ । गायक तथा मोडल दीपेन्द्र सोनामको सुमधुर स्वरमा सजिएको ‘पर्खाई ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द रचना तथा संगीत पनि उनकै रहेको छ । म्युजिक भिडियोमा कलाकारहरू रिस्ता अधिकारी, सोनाम र नरेश लामिछाने फिचर्ड छन् ।

उत्सव दाहालको छायांकन रहेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन कलर र पोस्टरको कामले प्रचार प्रसार र कलाकारहरुको प्रतिभालाई ध्यानाकर्षण गराएको छ । प्रेमिल जोडी लक्ष्मी बर्देवा र जिबन भटराईको निर्देशन र लक्ष्मी बर्देवाको कथामा भिडियो तयार पारिएको हो ।

भिडियो भवसागर इन्टरटेन्मेण्टको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । सिन्धुपाल्चोकका दीपेन्द्र गायक, मोडल र युवा व्यवसायी हुन् । १० गीतमा स्वर दिइसकेका उनले चार दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु