तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एसिया रग्वी काठमाडौंमा हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन ३ गते, बिहीबार ३:१५

एसिया रग्वी महिला तथा पुरुष सेभेन्स ट्रफ्री प्रतियोगिता काठमाडौंमा असोज १८ गते हुने भएको छ ।
एसिया रग्वीको आयोजना र नेपाल रग्वी संघको व्यवस्थापनमा सञ्चालन हुने प्रतियोगिता असोज १८ र १९ गते दशरथ रंगशालामा सञ्चालन हुने भएको हो ।
सन् २०२२ मा एसिया रग्वी यू–१८ र सन् २०२३ मा एसिया यू–२० रग्वीको सफल आयोजना पश्चात नेपाल रग्वी संघले एसियाली रग्वीको सबैभन्दा ठुलो प्रतियोगिता आयोजना गर्न लागेको हो ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक नेपाल रग्वी संघले प्रतियोगिता आयोजना बारेमा जानकारी गराएको हो । संघका अध्यक्ष दिपक देवकोटाले प्रतियोगितामा एसियाका नेपालसहित १७ वटा देशको सहभागिता रहने जानकारी दिए । उनका अनुसार पुरुष रग्वी सेभेन्सतर्फ १४ वटा टिम र महिला रग्वी सेभेन्समा ८ वटा टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा एसियाका ४ सय ५० भन्दा धेरै खेलाडी तथा अफिसियल सहभागी हुने अध्यक्ष देवकोटाले बताए । कार्यक्रम सञ्चालनका लागि करीब २ करोड ८० लाख रुपैयाँ खर्च लाग्ने संघको अनुमान छ । प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्वीको ट्रफी सहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कास्य पदक प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
संघका महासचिव गोबिन्द घिमिरेले विश्व रग्वी महासंघको पूर्ण सदस्यता पाएपछि संघले आप्mनो गतिविधि अझ प्रभावकारी रुपमा अगाडि बढाउँदै आइरहेको बताए । एसियाली रग्वीको सबैभन्दा ठुलो प्रतियोगिताको आयोजनाबाट नेपालको खेल पर्यटन अभिवृद्धिमा सहयोग पुग्ने विश्वास घिमिरेले ब्यक्त गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु