दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

यस वर्षको मदन भण्डारी रूपान्तरण पुरस्कार जनगायक रामकृष्णलाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन ४ गते, शुक्रबार १७:४७

काठमाडौं । यस वर्षको ‘मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार २०८०’ बाट जनगायक रामकृष्ण दुवाल सम्मानित हुने हुनुभएको छ । मदन भण्डारी फाउन्डेसनले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको यो पुरस्कार यस वर्ष दुवाललाई प्रदान गर्न लागिएको फाउन्डेसनले जनाएको छ । १ लाख रुपैयाँ नगदसहित सम्मान गरिने यो पुरस्कार दुवालले पाँच दशकदेखि नेपाली प्रगतिशील संस्कृतिका माध्यमबाट समाजलाई पु¥याउनु भएको योगदान स्वरूप प्रदान गर्न लागिएको फाउन्डेसनका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले जानकारी दिनुभयो । फाउन्डेसनले आफ्नो २५ औँ स्थापना दिवस तथा रजत जयन्तीका अवसरमा यो पुरस्कार प्रदान गर्ने जनाएको छ । फाउन्डेसनको रजत जयन्ती असोज ५ गते स्टाफ कलेज जाउलाखेलमा १ः ३० बजे मनाउने तयारी छ ।

दुवालले ५ दशक बढीदेखि निरन्तर नेपालको सांस्कृतिक विविधता र जनताको एकता अनि जनताका हक अधिकार प्राप्तिका लागि संगितका माध्यमबाट जागरणको आन्दोलनको नेतृत्व गर्दै आउनु भएको छ ।

२०३६ सालको पञ्चायती निरंकुशता विरुद्धको आन्दोलन होस वा २०४६ सालको बहुदलीय प्रजातन्त्रको स्थापनाको लागि भएको जनआन्दोलनमा दुवालले गीत संगितको माध्यमबाट जनताको आवाजमा परिवर्तन र संघर्षको उत्प्रेरणा भर्ने काम गर्नुभएको थियो । दुवाल एक संघर्षशील, प्रगतिशीलताको पक्षधर, अथक साधक, जनगायकको रूपमा निरन्तर क्रियाशील रहनुभएको छ । दुवालका यी नै कामका कारण गोरखा दक्षिणबाहु लगायत दर्जनौँ पुरस्कारबाट पुरस्कृत र अभिनन्दित हुनु भइसक्नुभएको छ ।

निरंकुशता विरोधी आन्दोलन, बहुदलीय व्यवस्था स्थापनाको लागि जनआन्दोलनदेखि लोकतान्त्रिक गणतन्त्रको स्थापनाको लागि भएको प्रत्येक जनसंघर्षमा दुवालको संलग्नता रहेकोले यो पुरस्कार यहाँलाई प्रदान गर्न लागिएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

फाउण्डेशनको रजत जयन्ती समारोहमा फाउण्डेशनको २५ बर्षे इतिहासलाई प्रकाशनको माध्यमबाटसमेत जानकारी गराउन खोजिएको पाण्डेले जानकारी दिनुभयो । फाउन्डेसनले रजत जयन्तीका अवशरमा ‘मिडियामा मदन भण्डारी’ नामक पुस्तकको विमोचनसमेत गर्ने तयारी भइरहेको अध्यक्ष पाण्डेले बताउनुभयो । ‘जवजः नविन विचारको निरन्तरता’ भन्ने मूल नाराका साथ फाउन्डेसनले रजत जयन्तीको भव्य तयारी गरिरहेको उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा फाउन्डेसनका सचिव सन्तोष रावल र सचिवालय सदस्य शुशिल प्याकुरेल संञ्चारकर्मीको जिज्ञासाको उत्तर दिनुभएको थियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु