साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

झोला पाउँदा अभिभावक भावुक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २४ गते, सोमबार १८:३२
“सधै परिवर्तनका लागि” नारा बोकेर स्थापित पहिलो पाईला नेपाल नामक सामाजिक सस्थाले विपन्न वर्गको उत्थानका लागि देश्ब्यापी रुपमा सन्चालन गरिरहेको भाग्य बोक्ने झोला अर्घाखाँची जिल्लामा वितरण गरेको छ ।
अर्घाखाँची जिल्ला मालारानी गाउपालिका वडा न ३ स्थितका बिध्यालय हरु श्री नर्सरी आधारभुत र श्री दिप ज्योति आधारभुत बिध्यालयका जम्मा ६४ जना विद्यार्थीहरुले भाग्य बोक्ने झोला पाएका हुन । विपन्नताको उच्च रेखामुनि रहेका बालबालिका हरुको पढ्न पाउने नैसर्गिक अधिकार हनन नहोस् भन्ने अभिलाषाका साथ बि. स. २०७४ साल माघ ८ गते बाट सुरु भएको अभियान यहि मंसिर २२ गते अर्घाखाँची पुगेको हो । देशब्यापी रुपमा युवा एकता कायम गर्दै, युवा वर्गमा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्य लिएको यश सामाजिक सस्थाले आफ्नो बुटवल साखाको आयोजनामा अर्घाखाँचीमा कार्यक्रम सम्पन्न गरेको हो ।
बुटवल साखाले आयोजना गरेको भाग्य बोक्ने झोला वितरण कार्यक्रम अर्घाखाँचीको कार्यक्रम संयोजक सदस्य केशव खनालले गरेका थिए । झोला सहितको अन्य स्टेसनरी सामग्रीहरु कपी, कलम इरेजर साप्नर भएको उक्त भाग्य बोक्ने झोला बुटवलमा तयार गरिएको थियो । पहिलो पाईला नेपालका वरिष्ठ सल्लाहकार उमेश बोहरा, देशब्यापी भाग्य बोक्ने झोला अभियानका अभियान संयाेजक सुरज गिरी आभासको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा मालारानी गाउँपालिकाका उपाध्यक्षको प्रमुख आतिथ्य थियो । प्रमुख प्रशासकीय अधिकृत,गाउँपालिका शिक्षा अधिकृत,वडा सदस्यहरु, प्रहरी नायब निरीक्षक, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, पत्रकारहरु समेतको उपस्थिति रहेको कार्यक्रममा बाक्लो संख्यामा स्थानीय अभिभावकहरुको पनि उपस्थिति रहेको थियो ।
औपचारिक कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै बुटवल साखाका अध्यक्ष बिष्णु राज महत ज्युले स्थानिय सरकारलाई शिक्षा क्षेत्रमा अग्रसर हुन घचघचाउनु भएको थियो, कार्यक्रम सन्चालकको भुमिकामा रहनुहुने साखा सचिव आयुष पौडेल ज्युले सस्थाको पृष्ठभुमि र हालसम्म सम्पन्न भएका कार्यक्रमहरुको संक्षिप्त जानकारी गराउनु भएको थियो । कार्यक्रममा उपस्थित बालबालिकाहरुलाई सर्वप्रथम सम्बोधन गरि, आफ्नो बालबालिकाहरु एउटा कापी र कलम नपाएर बिध्यालय जान नपाउने अबस्था कदापि सिर्जना नगर्नु हुन देश्ब्यापी अभियानका संयोजक सुरज गिरी आभासले अभिभावक समक्ष अनुरोध गर्नु भयो । कार्यक्रममा उपस्थित सबैले भाग्य बोक्ने झोला अभियानको खुलेर तारिफ गरेका थिए । अभियान समय सापेक्ष भएको र यस्ता अभियान अझ विकट स्थान हरुमा पनि सन्चालन गरिनु पर्ने कुरामा सबैले जोड दिनु भयो ।
वि. स. २०७५ माघ ८ गते लमजुङ बाट सुरु भएको यश अभियानले १० महिना १५ दिनको समयावधिमा १००० झोला वितरण गरिसकेको छ । १००८ झोला वितरण भैसकेको छ भने यहि पुस मा नेपालको सुदुर पश्चिम क्षेत्र अन्तर्गतको कैलाली जिल्लामा भाग्य बोक्ने झोला वितरणका साथै एक बाल शिक्षा सदन स्थापनाको तयारी रहेको जानकारी प्राप्त भएको छ ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु