तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को पहिलो गीत ‘हेर्दै जाउँ..’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन १० गते, बिहीबार ३:३७

काठमाडौं । चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को पहिलो गीत ‘हेर्दै जाउँ..’ सार्वजनिक भएको छ । गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर रहेको छ ।

गीतमा शब्द तथा संगीत दीपेन्द्र गौचनको छ भने फिल्मका मुख्य कलाकार सृष्टि श्रेष्ठ र नाजिर हुसेन फिचर्ड छन् । दुई साथीबिचको लामो समयपछिको भेटमा हुने खुसी भिडियोमा देखिन्छ । नेपालका तराई क्षेत्रमा भिडियो छायांकन भएको हो ।

‘मिसिङ स् केटी हराएको सूचना’ आगामी कात्तिक ३० गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्मका निर्देशक दीपेन्द्र गौचन हुन् । निर्देशक गौचन स्वयंको स्क्रिप्ट लेखन रहेको फिल्ममा छायांकन अमर महर्जनको छ ।

फिल्ममा नाजिर र सृष्टिको अलवा सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र लगायतको अभिनय छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु