तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एनआरएनए कम्बोडियाका अध्यक्ष खड्का सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक १४ गते, बुधबार २१:५८

काठमाडौ । कम्बोडियाका सफल युवा व्यवसायी एवम् गैरआवासिय नेपाली संघ कम्बोडियाका अध्यक्ष लालसिंह खड्का सम्मानित भएका छन् ।

मंगलबार फोकस नेपाल संस्थाले नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरेको हिन्दूहरूको दोस्रो ठूलो महान चाड दीपावली विशेष सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथि उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह बिशेश अतिथि पुर्ब शेरबहादुर कुँवर र फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले संयुक्त रुपमा खड्कालाई सम्मान गर्नु भएको हो ।

बागलुङमा जन्मिएर कम्बोडियालाई आफ्नो कर्मभूमि बनाएका खड्का लामो समयदेखि विदेशमा रहेर गैरआवासीय नेपालीको हक हितमा उत्कृस्ट कार्य गर्दै समुन्नत नेपाल निर्माणको लागि विभिन्न क्षेत्रमा सक्रिय रहेका छन्।

नेपालीहरुका समस्यामा हरदम साथ दिदै एनआरएनए अभियानमा सक्रिय चर्चित र लोकप्रिय इमानदार र शालिन व्यक्तित्वको छवीले ओतप्रोत खड्का देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्ने जस्तो महत्वपूर्ण काममा सक्रिय रहदै आएका छन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु