दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आईएसएफ जिम्नासाइडमा नेपाललाई ३ स्वर्ण, १ रजत र ३ कांस्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक १५ गते, बिहीबार ६:१८

बहराइन, कात्तिक १४ गते ।
नेपालले आईएसएफ जिम्नासाइड समर गेम्समा ३ स्वर्ण, १ रजत र ३ कांस्यसहित ७ पदक जितेको छ ।
नेपालले ५ खेलमा सहभागिता जनाएकोमा बक्सिङ र तेक्वान्दोमा पदक जित्न सफल भयो । यि २ खेलसहित नेपालले टेबलटेनिस, ब्याडमिन्टन र पुरुष थ्री बाइ थ्री बास्केटबलमा भाग लिएको थियो । नेपालले बक्सिङमा समान २–२ स्वर्ण र कांस्य तथा तेक्वान्दोमा समान १–१ स्वर्ण, रजत र कांस्य हात पा¥यो ।
बक्सिङको पुरुष ८० केजीमुनि नोर्बु थेन्डुप लामा र महिला ५४ केजीमुनि स्वस्तिका तिरुवाले स्वर्ण जिते । दुवैको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हो । बक्सिङकै पुरुष ४६ केजीमुनि रोहित जनाला र ८० केजीमुनि सूर्यान वैद्यले कांस्य हात पारे ।
बहराइनको मानामामा भएको आईएसएफ जिम्नासाइडको तेक्वान्दोमा उज्ज्वल वाग्लेले दोहोरो पदक जिते । नैकापस्थित ब्राइट फ्युचर माविमा अध्ययनरत उज्ज्वलले पुरुष ६८ केजीमुनि स्वर्ण र पुरुष एकल पुम्सेमा रजत तथा निविता केसीले महिला एकल पुम्सेमा कांस्य प्राप्त गरे ।
प्रत्येक २ वर्षको अन्तरालमा हुने यु–१८ उमेरसमूहको आईएसएफ जिम्नासाइडको २० औं संस्करणमा नेपालबाट ५ खेलमा ३२ खेलाडी सहभागी थिए । बक्सिङ र तेक्वान्दोमा समान ५–५, टेबलटेनिसमा ६, पुरुष थ्री बाइ थ्रीको बास्केटबलमा १५ (४ टिम) तथा ब्याडमिन्टनमा १ खेलाडीले सहभागिता जनाएका थिए । १९७४ मा जर्मनीदेखि सुरु भएको आईएसएफ जिम्नासाइडमा नेपालले फ्रान्सको नोरमन्डीमा भएको १९ औं संस्करणमा पहिलोपटक सहभागिता जनाएको थियो । उक्त संस्करणमा पौडी, टेबलटेनिस, तेक्वान्दो र बास्केटबल गरी ४ खेलमा भाग लिएको नेपालले कुनै पदक जितेको थिएन ।
बहराइन जिम्नासाइडमा ६९ राष्ट्रका २ हजार १ सय ७२ पुरुष तथा १ हजार ५ सय ४२ महिला गरी कुल ३ हजार ७ सय १४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । आयोजक राष्ट्र बहराइनले सबै भन्दा बढी ३ सय ६१ खेलाडी सहभागी गराएको थियो । लक्जम्वर्ग, मोन्टेनेग्रो, ताजकिस्तान र टोगोबाट सबै भन्दा कम समान २–२ खेलाडी सहभागी थिए । खेलाडीसहित प्रशिक्षक, निर्णायक, टोली प्रमुख, अफिसियललगायत गरी ५ हजार ४ सय ५३ जना आईएसएफ जिम्नासाइडका लागि बहराइनमा भेला भएका थिए । अक्टोबर २३ देखि सुरु भइ अक्टोबर ३० तारिखसम्म चलेको आईएसएफ जिम्नासाइडमा एथलेटिक्स, ब्याडमिन्टन, जुडो र पौडीमा पाराको पनि प्रतिस्पर्धा भएको थियो । पारामा नेपालले भाग लिएन ।
अर्को संस्करण आयोजनाका लागि साउदी अरयिबा, अजरवैजान र दुबईले प्रस्ताव गरेको आईएसएफका कार्यकारी समितिका सदस्य समेत रहेका नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले जनाएका छन् । विद्यालय तहदेखिनै तेक्वान्दोलाई विकास गर्ने उद्देश्यसहित राजकुमार कार्कीको समन्वयमा विश्व तेक्वान्दो (डब्लुटी) संग सम्झौता विगतमै भइसकेको नेपाल विद्यालय खेलकुद महासंघका सचिव सोविनराज रेग्मीले जानकारी गराए । कार्की आईएसएफअन्र्तगत तेक्वान्दो प्राविधिक कमिटीका अध्यक्ष पनि हुन् । बहराइन जिम्नासाइडको तेक्वान्दोलाई डब्लुटीले जि वान ¥याङकिङ प्रतियोगिताको मान्यता दिएको कार्कीले बताए ।
दूतावासको सम्मान ः
बहराइनस्थित नेपाली दूतावासले आईएसएफ जिम्नासाइडमा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई बुधबार सम्मान गरेको छ ।
बहराइनका लागि नेपालका राजदूत तीर्थराज वाग्लेले पदक विजेता खेलाडीसहितको टोलीलाई दूतावासमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे । सोही अवसरमा बहराइनको नेपाली प्रवासी मञ्चका इन्चार्ज शालिकराम पन्थीले पनि पदक विजेता खेलाडीलाई सम्मान गरेका थिए । त्यस्तै दूतावासले आईएसएफ जिम्नासाइडमा नेपालको सहभागिता सफल बनाउन योगदान गरेवापत राजकुमार कार्कीलाई पनि सम्मान ग¥यो ।
सो अवसरमा राजदूत वाग्लेले खेलाडीले पदक जितेर नेपाली र सिंगो राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गरेको धारणा व्यक्त गर्दै पदक विजेता खेलाडीलाई बधाइ दिए । कार्यक्रममा नेपाल विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठ, महासंघका उपाध्यक्ष एवं टोली प्रमुख मोहनकुमार कार्कीलगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु