दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तेमाल क्षेत्रका बाढी पिडितलाई नगद एवं खाद्यान्न वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक २६ गते, सोमबार १०:२५

काठमाडौं । पछिल्लो समय नेपाली समाजमा बिभिन्न प्राकृतिक तथा दैविक प्रकोपबाट विक्षिप्त भई पिडित बनेको परिवारलाई तत्कालरुपमा राहत पुगोस् भनेर समाजमा कृयाशिल सामाजिक संघ संस्थाहरुको सकृयतामा राहत वितरण गर्ने कार्यहरु बढ्दै गएको छ ।
यसै अनुरुप काभ्रेपलान्चोक जिल्ला तेमाल गाउँपालिका अन्तर्गत ठुलो पर्सेलको युवाहरु र युवा क्लवद्धारा तेमाल गाउँपालिकाका बाढी पिडितलाई नगद तथा खाद्यान्न वितरण गरिएको छ ।
गत असोज ११ र १२ गतेको अविरल बर्षाका कारण आएको बाढी पहिरोले क्षती पुर्याएको काभ्रे तेमाल ठुलोपर्सेलका पीडितहरुलाई आर्थिक सहयोगका लागि काभ्रे तेमाल ठूलो पर्सेलका युवाहरु राज लामा, मान बहादुर तामाङ(सिजन लामा), डेनी तामाङ र मुक्ते लामाको पहलमा ठूलो पर्सेल युवा क्लबको साझेदारिमा संकलित रु ७,५४,८३५÷हस्तान्तरण गरिएको छ ।
राहत वितरणको लागि अभियान चलाएर काभ्रे तेमालका युवाहरुले संकलन गरेको रकम ७,५४,८३५ रुपैयाँ साथै दाल, चामल, तेल, नुन जस्ता खाद्यन्न सामग्री समेत पिडितहरुलाई हस्तान्तरण गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु