तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

विश्व शारीरिक सुगठनका पदक विजेताको स्वागत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक २९ गते, बिहीबार ७:१७

नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघले १५ औँ वल्र्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सिपका पदक विजेता खेलाडीसहितको टोलीलाई बुधबार स्वागत गरेको छ । टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि विभिन्न स्थानमा नगर परिक्रमा पनि गराइएको थियो ।
माल्दिभ्समा कात्तिक २० गतेदेखि २५ गतेसम्म भएको प्रतियोगितामा ४ खेलाडीले नेपाललाई पदक दिलाएका थिए । चारैले रजत पदक जितेको महासंघका सचिव दिनेश राजभण्डारीले जनाएका छन् । छ खेलाडीले सहभागिता जनाएका थिए । ललित धिमाल र रन्जित आचार्यले पनि प्रतिस्पर्धा गरेका थिए ।
विश्व बडिबिििल्डङ एन्ड फिजिक स्पोर्ट्स फेडरेसन्ससँगको सहकार्यमा बडिबिल्डिङ एसोसिएसन अफ माल्दिभ्सद्वारा आयोजित प्रतियोगितामा रुजेश शाहीले पुरुष ६० केजी, प्रज्ज्वलमान शाक्यले पुरुष मास्टर्स ४० वर्षमाथि, रजनी श्रेष्ठले महिला ५५ केजीमाथि तथा सनम मुलगुठीले महिला वान पिस स्विमसुटमा रजत जितेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु