तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एनप्याब्सन खेलकुद सप्ताहको तयारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक ३० गते, शुक्रबार ५:५२

एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा सातौं एनप्याब्सन खेलकुद सप्ताह मंसिर २१ ग्तेदेखि हुने भएको छ ।
खेलकुद सप्ताहमा विभिन्न ४ खेलको प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक प्रेमकुमार भुजेलले जनाएका छन् । फुटसल, बास्केटबल, कबड्डी र तानडोरीमा छात्र÷छात्रातर्फ प्रतिस्पर्धा हुनेछ ।
चारै खेलका लागि संयोजक पनि तोकिएको छ । फुटसलमा गोकर्णेश्वर नगर प्याब्सनका अध्यक्ष निराजन आचार्य, बास्केटबलमा आयोजकका उपाध्यक्ष माधव अधिकारी, कबड्डीमा आयोजकका पूर्व उपाध्यक्ष श्याम योञ्जन र तानडोरीमा आयोजकका उपाध्यक्ष नारायणबाबु तिमल्सिनालाई संयोजकको जिम्मेवारी दिइएको छ ।
फुटसल कमलादीस्थित युनिग्लोब कलेज, बास्केटबल कपनको सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुल, कबड्डी भीमसेनगोलास्थित अमर आदर्श स्कुल र तानडोरी बूढानीलकण्ठमा खेलाइने छ ।
खेलकुद सप्ताहमा ७५ भन्दा बढी विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । उद्घाटनको मार्च पास्टमा शीर्ष तीन स्थानमा रहने विद्यालयलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
मंसिर २९ गतेसम्म चल्ने खेलकुद सप्ताह सञ्चालन गर्न करिब ७ लाख रुपैयाँ खर्च हुने संयोजक भुजेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु