तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चलचित्र ‘सत्या’को ट्रेलर सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर ५ गते, बुधबार ६:५३

अगामी मंसिर १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सत्या’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक साढे २ मिनेट लम्बाईको ट्रेलरमा प्रेम र एक्सनको मिश्रण देखिन्छ । पात्रहरुबीच टेण्डर हत्याउन भएको टकरावलाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।

मिलन आले मगरको निर्देशनमा बनेको फिल्ममा राज कालाखेती, प्रिया शर्मा, करणसिंह बोहरा, विकास थापा मगर, वर्षा थिङ, सुमन खत्री, तेजा ऐर, ममता पौडेल लगायतको अभिनय छ । विकास थापा मगर फिल्मका प्रस्तुतकर्ता हुन् । ट्रेलर रिलिज कार्यक्रममा उनले ‘सत्या’ भरपूर रोमाञ्चक र मनोरञ्जक बनेको दाबी गरे ।

‘सत्या’को निर्मातामा सुमन खत्री र झुम्कादेवी कालाखेती छन् । यसमा सुमनकुमार तण्डुकारको छायांकन, श्रवण सम्राटको लेखन, विकास चौधरीको संगीत, रामजी लामिछाने, सुरेश पाण्डे र सुरेन बसेलको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु