दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ईन्टर कलेज ई स्पोर्ट्सको मुख्य प्रयोजकमा फ्रेमबक्स

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर ७ गते, शुक्रबार १८:१६

कात्तिक ३० गते । ईशान इन्टर कलेज ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको मुख्य प्रायोजकमा फ्रेमबक्स जोडिएको छ । ई स्पोर्ट्स संघ नेपालले काठमाडौंमा पुसको २६ र २७ गते आयोजना गर्ने प्रतियोगिताको मुख्य प्रायोजकमा एनिमेसन र भिएफएक्स अध्ययन गराउने एकेडेमी फ्रेमबक्स जोडिएको हो ।
ईशानले विद्यालय स्तरको ई स्पोर्ट्सको राष्ट्रिय प्रतियोगिताको रुपमा ईन्टर कलेज कार्यक्रमको आयोजना गर्दैछ । प्रतियोगितामा देशभरबाट कलेज÷विद्यालयले टिम दर्ता गर्न सक्नेछन्, ईशानको वेव साईटमा गएर ईच्छुक विद्यालय÷कलेजले टिम तथा खेलाडी दर्ता सक्नेछन् ।
पछिल्लो समय विश्व बजारमा माग भएको एनिमेसन र भिएफएक्सलाई नेपालमा अध्ययन गराउन सुरु गरेको फ्रेमबक्स ई स्पोर्ट्स खेलको प्रबद्र्धनमा जोडिएको हो । ईशानका अध्यक्ष अन्जन धमला र फ्रेमबक्सका प्रतिनिधि अंशु किरण शाहीले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताको अवधि एक वर्षको रहने बताईएको छ ।
ईशान अध्यक्ष धमलाले फ्रेमबक्ससँगको सम्झौताले कलेज स्तरमा हुन लागेको प्रतियोगितालाई महत्वपुर्ण सहयोग पुर्याउने बताए । फ्रेमबक्सका प्रतिनिधि अंशु किरण शाहीले पछिल्लो समय विश्व बजारमा लोकप्रिय रहेको एनिमेसन र फिएफएक्सको कार्यक्रमलाई नेपाल विद्यार्थीसँग जोड्न पाउँदा खुसी लागेको बताए ।
काठमाडौंको बसुन्धारास्थित साउथ वेस्टन कलेजमा हुने प्रतियोगितामा पब्जी मोबाईल, एमएलबीबी, ई फुटबल र फ्रि फायर गरी चार विधा समावेश गरिएको छ । कुल पुरस्कार राशी ५ लाख रहने प्रतियोगितामा मंसिर ३० गतेसम्म कलेज÷विद्यालयले टिम दर्ता गर्न सक्नेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु