तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

द एक्सेल्सियर क्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर ७ गते, शुक्रबार १८:२३

द एक्सेल्सियर स्कुल १० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा एक्सेल्सियरले नवीन ज्योतिलाई १७–५ ले पराजित ग¥यो । विजयी टिमका लागि अकिना घिमिरेले १० अंक जोडिन् ।
सिनियर गल्र्समै आयोजक रेडियन्ट पब्लिकले केभीएसलाई २४–१५ तथा मस्र्याङ्दीले राराहिललाई १४–१३ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । रेडियन्टकी दिब्यान्शा कार्कीले १६ तथा मस्र्याङ्दीकी उर्गेन सोमोले ७ अंक बटुले ।
जुनियर ब्वाइजमा ग्रिनफिल्डले बौद्ध चिल्ड्रेन हेभनलाई १६–४ तथा कश्यपले हार्टल्यान्डलाई १२–२ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का गरे । ग्रिनफिल्डका किस्मत ढकालले ८ तथा कश्यपका एलेन लामाले ८ स्कोर गरे ।
सिनियर ब्वाइजमा संस्कृतिले श्रृजना ज्ञान सागरलाई ३६–१३, मेगसले युगान्तालाई ३६–२६ र एक्सेल्सियरले ओरेकल रेलाई ४४–२६ ले पन्छ्याउदै प्रिक्वाटरफाइनलमा पुगे । संस्कृतिका अर्यान शर्माले ८, मेगसका सिमोन रम्जालीले २१ र एक्सेल्सियरका सोङमेन तामाङले १३ अंक जोडे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु