तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

स्वास्थ्यमन्त्री पौडेलले सोल्टी होटल पुगेर भेटे पोखराका खेलाडीलाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर १५ गते, शनिबार ५:५९

काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले एनपीएल सुरु हुनु एक दिनअघि सबैभन्दामहँगो टिम पोखरा एभेन्जर्सका खेलाडीलाईभेटेका छन्।
आफू पनि गण्डकी प्रदेशकै प्रतिनिधित्व गर्ने बताउँदै पोखराको हस्पिटालिटी पार्टनर सोल्टी होटलमा बसेका खेलाडीहरूलाई उनले जितको अग्रिम शुभकामना दिए।’म पनि तनहुँमा जुन जन्मेको पोखरामा हुर्केको हुँ।
त्यसैले मेरो समर्थन पोखरा एभेन्जर्सलाई छ। तपाईँहरू ट्रफी जितेर आउनुस्। अग्रिम शुभकामना छ। खेलाडीलाई भेटेर पौडेलले शुभकामना दिए।

कार्यक्रममा पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले एनपीएलको ट्रफी उचाल्न टिम तयार भएको बताए। ‘एनपीएलको ट्रफी उचालेपछि फेरि मन्त्रीज्यबाट स्वागतका क्रममा भेट हुनेछ।’ त्रिपाठीले विश्वास व्यक्त गरे। एनपीएल शनिबारबाट टियु क्रिकेट मैदानमा सुरु हुँदैछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु