दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तार्केश्वर मेयर रनिङ सिल्डमा ३ हजार ४ सय ५४ खेलाडी सहभागी हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर १५ गते, शनिबार ६:१६

तार्केश्वर नगरपालिकाको आयोजनामा तेश्रो मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ ।
प्रतियोगितामा ५३ विद्यालयका ३ हजार ४ सय ५४ खेलाडीको सहभागिता रहने शुक्रबार आयोजक नगरपालिकाको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा फुटबल, भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो, उसु, बास्केटबल, ब्याडमिन्टन र टेबलटेनिस गरी १० खेलको प्रतिस्पर्धा हुनेछ । फुटबल, भलिबल र कबड्डी तार्केश्वर ९, मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी, एथलेटिक्स हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालय तथा कराते र उसु तार्केश्वर ९, मनमैजुस्थित अजिमा कबर्डहलमा हुनेछ । तेक्वान्दो तार्केश्वर ६, पैयाँटारस्थित सन फ्लावर एकेडेमी, बास्केटबल तार्केश्वर १०, मनमैजुस्थित लालीगुराँस नेसनल एकेडेमी, ब्याडमिन्टन तार्केश्वर १० स्थित जि फोर ब्याडमिन्टन हल र टेबलटेनिस तार्केश्वर ४ स्थित श्रृजना ज्ञान सागर स्कुलमा खेलाइने छ ।
आयोजक नगरपालिकाका मेयर कृष्णहरि महर्जनले विद्यार्थीमा भएको अन्तरनिहीत खेल प्रतिभालाई प्रस्फुटन गर्न, खेल क्षेत्रबाट एकता एवं मैत्रीपूर्ण भावना अभिबृद्धि गर्न, जिल्ला तथा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताको पूर्व तयारी गर्दै सफलता हासिल गर्न, नगरस्तरीय खेलकुदको संस्थागत विकास गर्न र खेल संस्कृतिको विकास गर्ने उद्देश्यले २०७९ सालदेखि प्रतियोगिताको सुरुआत गरिएको बताए ।
प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टिमलाई क्रमशः १ लाख, ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम संयोजक राजेन्द्रप्रसाद तिमिल्सनाले जानकारी दिए । गत संस्करणमा लालीगुराँस नेसनल एकेडेमी टिम च्याम्पियन बनेको थियो । पहिलो संस्कणमा हिमरश्मि पहिलो भएको थियो ।
आयोजकका अनुसार प्रतियोगिता सञ्चालन ३० लाख बजेट विनियोजन गरिएको छ । ‘खेल तार्केश्वरको, सन्देश एकताको’ को भन्ने मुल नारासाथ हुन लागेको प्रतियोगिता मंसिर २५ गतेसम्म चल्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु