साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

‘द भ्वाइस अफ नेपाल’ को फाइनल आज को बन्ला त् पहिलो ‘द भ्वाइस अफ नेपाल’ ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २८ गते, शुक्रबार १८:२५

काठमाडौं, २८ मंसिर । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को फाइनल आज हुँदैछ । आज शुक्रबार कतारको राजधानी दोहास्थित सनैयाको एसियन टाउन ग्राण्ड मलमा रहेको एमपी थियटरमा फाइनल कार्यक्रम हुन लागेको हो । शुक्रबार नेपाली समय अनुसार बेलुकी १० बजेपछि द भ्वाइसको फाइनल संस्करण नेपालमा विभिन्न माध्यमबाट प्रत्यक्ष हेर्न सकिने आयोजकले बताएका छन् । फाइनल कार्यक्रमका लागि ७९ वटा देशवाट गैर आवासीय नेपालीका प्रतिनिधीहरु कतार पुगिसकेका छन् । लगभल १६० भन्दा धेरै कतारी प्रहरीहरु अनि ३ सय सुरक्षागार्डहरुको सुरक्षाघेरा भित्र नेपालको पहिलो ‘द भ्वाइस अफ नेपाल’ छनौटका लागि प्रतिस्पर्धा कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमका लागि ‘द भ्वाइस अफ नेपाल’ आफ्ना सम्पूर्ण दलबलका साथ कतार पुगिसकेको छ । प्रत्यक्ष प्रसारणका लागि सम्पूर्ण प्राविधिक तयारी भइसकेको अनि साथै कोचहरु बस्ने रातो कुर्सी पनि सेट गरिसकेको जनाइएको छ । कार्यक्रमका लागि डिसेम्बर १४ तारिख शुक्रबार सनैयाको एसियन टाउन मलमा नेपालीहरुको मेला लाग्ने देखिएको छ । दर्शकहरुको सहजताका लागि आयोजकले दर्जन बढी टिकट काउण्टरहरु अनि खानेकुराका स्टलहरुको पनि राखेको छ । सम्भवत नेपाल बाहिरको सर्वाधिक नेपाली उपस्थिती हुने कमै कार्यक्रमहरुमा आजको द भ्वाइसको फाइनल पनि पर्ने अनुमान छ । कार्यक्रमको सुरक्षामा कुनै पनि सम्झौता नहोस भन्नका लागि कार्यक्रम स्थलको सय मिटर वरपरसम्म पनि बिशेष सुरक्षा ब्यवस्था गरेको बताइएको छ । फाइनलकै दिनमा टिकट काटेर हेर्न जाने दर्शकहरुलाई सहजताका लागि प्रशस्त टिकट काउण्टर राखेको द भ्वाइसका निर्देशक लक्ष्मण पौडेलले बताए ।

यस ग्राण्ड फाइनलमा ४ जना कोचहरुलगायत उत्कृष्ट ८ आवाजहरु साथमा तेजेन्द्र गन्धर्वलगायत केही सरप्राइज आवाजहरु र धुर्मुस–सुन्तली लगायत अन्य कलाकार र बिशेष प्रस्तुतिहरु रहने आयोजकले बताएका छन् । साथै आयोजकले एकदिन अगावै टिकट किन्न चाहनेका लागि १० प्रतिशत टिकट रकममा छुट पनि ब्यस्था गरेको जनाएको छ । द भ्वाइस अफ नेपाल बिश्वभर लोकप्रिय गायन रियालीटी शो हो र यो नेपालमा प्रथम पटक प्रसारित भएको हो ।

फाइनलमा सिडी बिजय अधिकारी, कुशल आचार्य, सप्तक दुतराज र श्रृजय थपलियाले एकअर्कासँग प्रतिस्पर्धा गर्ने भएका छन् । फाइनलमा चार निर्णायकका एक÷एक प्रतिस्पर्धी प्रवेश गरेका हुन् ।  शीर्ष चार जनाबाट नै पहिलो द भ्वाइस अफ नेपाल चुनिनेछ । निर्णायकहरुले आफ्नो टिमका प्रतियोगिका लागि भोट अपिल पनि गरेका छन् । फिनालेमा शीर्ष चार जनासँगै सेमीफाइनलबाट बाहिरिएका ४ जनाले पनि प्रस्तुति दिनेछन् । फिनालेमा पुगेकालाई हरेक दिन एउटै आइडीबाट पचास वटासम्म भोट गर्न सकिने व्यवस्था गरिएको निर्माण टिमले जनाएको छ । आयोजकले कार्यक्रममको सम्पूर्ण तयारी भइसकेको जनाएको छ ।

यसैगरि द भ्वाइसले बुधबार आफ्नो फेसबुकमा कतारबाट आफ्ना ४ जना फाइनलिष्टका साथमा लाइभ भिडियो प्रसारण गरेको थियो । प्रस्तोता सुशील नेपालले ४ जना ट्यालेन्टसंग तयारीका बिषयमा कुरा गरेका थिए । को बन्छ त नेपालको पहिलो द भ्वाइस अफ नेपाल भन्ने बिषयमा ट्यालेन्टहरुसँग कुराकानी भएको थियो । सबैजना आ–आफ्ना हिसाबले तयार भएका अनि नेपालको प्रथम द भ्वाइस नेपाल बन्न मेहनत अनि लगनका साथले लागि परेको बताएका थिए । अहिले आफ्नो मनपर्ने फाइनलिष्टका लागि भोट गर्ने क्रम पनि चलिरहेको छ । आजकोे फाइनल कार्यक्रमले नेपाललाई ‘प्रथम द भ्वाइस अफ नेपाल’ दिलाउने छ । कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाली समयअनुसार राती १० बजे कान्तिपुर टिभी., डिस होमको रमाइलो एच डी तथा द भ्वाइस अफ नेपालको युट्युव च्यानल मार्फत हेर्न सकिने छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु