दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशको पाँचौं साधारणसभा सम्पन्न “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर १९ गते, बुधबार ७:०४

मंसिर – १७, नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशको पाँचौं साधारणसभा “दुग्ध क्षेत्रको उन्नति राष्ट्रको समुन्नति” भन्ने नाराका साथ एसोसिएसनका केन्द्रिय उपाध्यक्ष कर्ण हमालको प्रमुख आतिथ्यता एवं प्रदेशका अध्यक्ष भुपेन्द्र थापाको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा कैलाली जिल्लाका अध्यक्ष डम्बर शाहको सहभागीता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य प्रदेश उपाध्यक्ष राम कुँवरले गरेका थिए भने कार्यक्रम संचालन सचीव हर्क बहादुर चन्दले गरेका थिए । नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशका अध्यक्ष श्री भूपेन्द्र थापाले प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने त्यसमा उठेका प्रश्न केन्द्रिय उपाध्यक्ष हमाल र प्रदेश अध्यक्ष थापाले थिएका थिए ।

प्रमुख अतिथि हमालले ७ वटै प्रदेशमा केन्द्रिय साधारणसभा अगाडि साधारणसभा गरिसक्नुपर्ने निर्देशन केन्द्रले गरेकोमा यो सुदूरपश्चिम प्रदेश पहिलो भएकोमा प्रदेश टिमलाई धन्यवाद दिंदै आगामी दिनमा अरु कार्य पनि यो प्रदेश सधैं अगाडि रहने कुरामा आफूले विश्वास लिइएको कुरा बताए । प्रदेशमा रहेका समस्याको विषयमा कुरा उठाउँदै हमालले भने “अब छिट्टै धुलो दुध कारखाना बन्ने छ र दुग्ध उद्योग र किसानका थोरै भए पनि समस्या हल हुने छ” भन्दै प्रमुख अतिथि हमालले हामी दुग्ध क्षेत्रमा लाग्ने सबैलाई राज्यले साथ दिन आवश्यक रहेको र अहिले दुध तथा दुग्ध पदार्थ आयातको कुरा कुनै हालतमा खोल्न नहुने कुरामा जोड दिए ।

जिल्ला अध्यक्ष शाहले कैलाली जिल्लामा धेरै कुरा भएर पनि दुग्ध क्षेत्रमा केहि नभएको जस्तो रहेकोले यस विषयमा सबै सरोकारवाला एक ठाउँमा बसि छलफल गरि राज्यलाई झक्झकाउनु पर्ने कुरा बताए । अन्तिममा सभापति थापाले प्रदेशमा रहेका सबै जिल्लामा समिती बनाउन लागिने र प्रदेश भरिका डेरी उद्योगलाई सदस्य बन्नलाई आग्रह गर्दै आजको भोलि केहि नहुने र गर्दै जाँदा सबै कुरा बिस्तार मिल्दै जाने कुरा बताए ।

सुदूरपश्चिम प्रदेशमा हाल २३ सदस्य रहेको र अब त्यो बढाएर ५० पुर्‍याउने लक्ष्य रहेको छ । सबै जिल्लामा समिति बनाउन सक्दा त्यति सदस्य पुग्न कुनै गार्‍हो पनि नहुने कुरा सचीव चन्दले बताए । सबै कुराको अध्ययन गर्दा यदि राज्यले साथ दिंदा सुदूरपश्चिम प्रदेशमा दुग्ध क्षेत्रको अथाह सम्भावना भएको देखिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु