
काठमाडौँ, २३ मङ्सिर । संघीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटन प्रवद्र्धनसँगै रक्तदान कार्यक्रम आयोजना गरिएको छ । काठमाडौँ आगन्तुक होटलले हिमाल ब्लड बैँकको सहयोगमा शनिबार आयोजना गरेको कार्यक्रममा ८१ जनाले रक्तदान गरेका छन् ।
रगतको अभाव भइरहेको बेलामा होटलको अग्रसरतामा रक्तदान कार्यक्रम गरिएको होटलका अध्यक्ष भविश्वर शर्माले जानकारी दिनुभयो । “शरिरमा खेर गइरहेको रगतबाट कसैको जीवन बचाउन सकिन्छ की भन्ने उदेश्यले रक्तदान आयोजना गरेका हौँ,”– उहाँले भन्नुभयो ।
अध्यक्ष शर्माले प्रत्येक तीन महिनामा रक्तदान कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । आगामी दिनमा विदेशी पर्यटकलाई समेत रक्तदानमा सहभागी गराउँदै लगिने अध्यक्ष शर्माको भनाई थियो । उहाँले आगामी दिनमा सबै पर्यटन व्यवसायीलाई रक्तदान कार्यक्रममा सहभागी गराईने बताउनुभयो ।


