
काठमाडौंँ । चीन तथा जापानमा भाडामा प्रेमी प्रेमिका खोज्ने चलन अहिले सामान्य भैसकेको छ । कैयन् मानिसहरुका लागि यो पछिल्ला दिनमा पैसा कमाउने माध्यम बनिरहेको छ। साउथ चाइना मर्निंग पोस्टका अनुसार यसरी भाडामा ब्वायफ्रेण्ड तथा गर्लफ्रेण्ड खोज्नेमा स्वेतपोषी श्रमिक अर्थात् कार्यालयमा काम गर्ने कर्मचारीहरु हुने गरेका छन्। उनीहरुसँग फूल टाइम जागिर हुने तर आफ्नो खाली समयमा भाडाको ब्वायफ्रेण्ड वा गर्लफ्रेण्ड बनेर राम्रो रकम कमाउदै आएको साउथ चाइना मर्निग पोस्टले उल्लेख गरेको छ।


