दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

समाजसेवी पोखरेलको सक्रियतामा जेहन्दार विद्यार्थीलाई तीस लाख आर्थिक सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर २५ गते, मंगलवार ६:३८

काठमाडौँ, २४ मङ्सिर । समाजसेवी सेवक पोखरेलको सक्रियतामा गरिब तथा जेहन्दार पचास विद्यार्थीलाई रु तीस लाख आर्थिक सहयोग गरिएको छ । हेल्पिङ ह्याण्डस् फर नेपाल, बेल्जियमले आइतबार विभिन्न स्थानमा अध्ययन गरिरहेका ५० विपन्न तथा जेहन्दार विद्यार्थीलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

उक्त रकम संस्थाका अध्यक्ष बेल्जियम नागरिक एलेन ह्युगेन र नेपालका लागि देशीय निर्देशक एवम् समाजसेवी सेवक पोखरेलले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । उक्त संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा विगत १२ वर्षदेखि निरन्तर सहयोग गर्दै आएको छ ।

देशीय निर्देशक एवम् समाजसेवी पोखरेलका अनुसार उक्त संस्थाले दुर्गम क्षेत्रमा बसोबास गर्ने आर्थिक स्थिती कमजोर भएका विद्यार्थीलाई आर्थिक सहयोग गरी डाक्टर तथा ईन्जिनीयरसमेत उत्पादन गरिसकेको छ ।

यस संस्थालाई युरोपबाट नेपालमा ल्याउन समाजसेवी पोखरेलले भूमिका खेल्नुभएको हो । उक्त संस्थाले बार्षिक रुपमा ७०० विद्यार्थीलाई शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको छ ।

राष्ट्रिय विपत्तीका समय तथा अन्य समयमा समेत उक्त संस्थाले आर्थिक रुपमा विपन्न वर्गलाई खाद्यान्न तथा लत्ताकपडा समेत निरन्तर सहयोग गर्दै आएको छ । उक्त संस्था बेल्जियमको ब्रसेल्समा दर्ता भई सञ्चालनमा रहेको छ । सो संस्थामा युरोपियन नागरिक बाहेक नेपालका पोखरेलमात्र संस्थाको वोर्ड अफ डाइरेक्टर हुनुहुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु