
बुर्ज खलिफा विश्वकै सबैभन्दा अग्लो टावर अर्थात भवन हो । सन् २०१० मा उट्घाटन पूर्व बुर्ज दुवई नाम रहेको यो भवन संयुक्त अरब इमिरेट्सको दुबई शहरमा अवस्थित रहेको छ । यस भवनको उचाई ८२९.८ मिटर (२,७२२ फिट अर्थात आधा माइल भन्दा केही बढी ) छ। र रुफ हाइट (एन्टिनालाई छाडेर) ८२८ मी (२,७१७ फिट) छ ।
दुवई शहरको पश्चिमी भागको अरब सागर तटमा निर्मित यो भवन १५४+९ तलाको छ। व्यापारिक प्रयोजनका लागि निर्मित यो भवन सन् २०१० जनवरी ४ देखि सर्वसाधारणका लागि खुला गरिएको हो। यसको नामाकरण राष्ट्रपति खलिफा बिन जायद अल नाहयानको नामबाट गरिएको हो। विश्वको अग्लो मानिएको १०१ तल्लाको ताइपेइलाई पछि पार्दै २००९ देखि यता १२४ तल्लाको बुर्ज खलिफा विश्वको सबैभन्दा अग्लो संरचना र भंवन एवम् टावर भएको हो ।
यिनै विश्वको अग्लो समृद्ध अनि बैभबशाली टावर बुर्ज खलिफा टावरमा नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशीको बर्षकै उत्कृष्ट कृति चोभार ब्लुजको विमोचन भएको छ। नेपालवाट आएका नेपाली शिक्षा, स्वास्थ्य, राजनीति र समाजसेवामा अग्रता कायम गर्दैआएका ७२ बर्षिय आडा अर्थात आफ्नो शरीरको आफै डाक्टर लक्ष्मीनारायण सुवालको प्रमुख आतिथ्यता तथा नेपाली कालजयी गीतका गीतकार ६८ बर्षिय प्रकाश कुइँकेलको विशेष आतिथ्यतामा चोभार ब्लुजको मिति २०८१ असोज १२ गते शनिवार विमोचन भएको हो।
विश्वको अग्लो शिखर सगरमाथाको काखमा यसअघि नै विमोचनको रेकर्ड कायम गरिसकेको चोभार ब्लुजले मरुभूमिममा बनेको बैभवशाली संयुक्त अरब इमिरेटस्को दुबई शहरमा रहेको विश्वकै अग्लो टावर ब्रुज खलिफामा विमोचन हुनु आफैमा पनि थप गौरबता हो। यिनै कृतिलाई सोही दिन दुबईमा नै रहेको संसारको आठौ आश्चर्य मानिएको मिराकल गार्डेनमा पनि विमोचन कार्य गरेर अर्को कीर्तिमान राख्ने कार्य भएको छ।


