
ललन कुमार चौरसिया ।
मंसिर २५ रौतहट।
रौतहटको चन्द्रनिगाहपुरमा जीप दुर्घटनामा परि ८ जनाको मृत्यु भएको छ। एसियाका ठूलो मेला बारा जिल्लाको बरियारपुरमा पञ्चवर्षीय मेलाबाट आफ्नो घर सिरहा फर्किन लागेको जीप दुर्घटनामा परेको छ।
भक्तालुजन सवार बा१६च ३१६२ नम्बरको स्कर्पियो जीप चन्द्रनिगाहपुर–४ स्थित पूर्वपश्चिम राजमार्ग लामहा खण्डको रुखमा ठोक्किएर दुर्घटना भएको हो।
गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाच जना घाइते भएको रौतहट प्रहरीले जानकारी दिएको छ।
जीपमा सवार मृतक मध्ये केहीको सनाखत भई सकेको छ भन्ने कहीलाई सनाखत गर्न बाँकी रहेको छ । सबै मृतक र गाडी सिरहाको रहेको र उनीहरूका आफन्तहरू आएपछि उनीहरूको पहिचान खुल्ने प्रहरीको भनाइ रहेको छ ।


