साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

नेपालको लागि अनमोल मेगास्टार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २९ गते, शनिबार ०८:१३

 काठमाडौँ। हुन त एउटै फिल्म खेल्ने कलाकारलाई पनि स्टार भन्ने नियम भएको उद्योग हो नेपाली फिल्म उद्योग । सरकारले उद्योगको मान्यता नदिएपनि कलाकर्मीले उद्योग नै भन्न थालिसकेका छन् । यहि उद्योगमा डेब्यु कलाकारलाई पनि स्टार भन्नेहरु धेरै छन् । यसको साथै एउटा फिल्म हिट भएपछि अर्को फिल्म खेल्नासाथ सुपरस्टार भईहाल्छन् । स्टार भन्ने शब्दलाई कसले मापन गर्ने रु कसले के आधारमा स्टारको मापन गर्ने कुनै आधार छैन नेपाली फिल्म क्षेत्रमा । नेपाली फिल्म क्षेत्रमा मात्र हैन बलिउड र हलिउडमा पनि यसको कुनै पुष्टि आधार छैन । तर जे होस् बलिउड र हलिउड ले स्टारलाई पनि धेरै तरिकाले प्रस्तुत गर्ने गर्छन् । स्टार, एक्शन स्टार, रक्स स्टार, सुपरस्टार, स्टाईलिस स्टार, मेगास्टार यस्तै यस्तै धेरै । बलिउड र हलिउडले एउटै कलाकारको व्यक्तित्व, लगाव, उसको काम, फ्यान फलोअर्स र समयको वर्गिकरणमा स्टारका विभिन्न रुपहरु निर्धारण गर्ने गरेको छ । बलिउडमा हेर्ने हो भने १० भन्दा बढि फिल्म ब्लकबष्टर बनाएका सुपरिचित कलाकारलाई मेगास्टार भन्दै आएका छन् । बलिउड भित्रै दक्षिण भारतीय फिल्महरुमा भने ५ वटा ब्लकबष्टर फिल्म दिएका सुपरिचित कलाकारलाई मेगास्टार भन्दै आईरहेका छन् । हलिउडमा त केही फिल्मका कलाकारलाई मात्रै मेगास्टार भन्ने चलन छ । नत्र पप स्टार र रक्स स्टारहरुलाई विशेषगरि हलिउडमा मेगास्टार भन्ने गर्छन् । बलिउडमा हेर्ने हो भन्ने विभिन्न मिडियाले स्टारहरुलाई विभिन्न रुपमा विभाजन गर्ने गरिन्छ । अमिताभ बच्चन, शाहरुख खान, आमिर खान, सलमान खान लगायतलाई विभिन्न मिडियाले मेगास्टारको ट्याग भिँडाएका छन् । कुनै कुनै मिडियाले त नयाँ कलाकारहरु जो अन्यको तुलनामा बढि हिट छन् तीनीहरुलाई पनि मेगास्टार भन्न थालेका उदाहरणहरु छन् ।

सलमान खानलाई पनि १० वटा भन्दा बढि फिल्म ब्लकबष्टर बनाएको भन्दै स्टार न्युजले मेगास्टारको संज्ञा दिएका हुन् । यस्तै अजित कुमार तामिलबाट आएका अभिनेता हुन् । उनलाई पनि बलिउडका मेगास्टार भन्ने गरिन्छ । अभिनेता चिरञ्जीवी, राम चरण दक्षिण भारतसँगै पुरा बलिउडमा मेगास्टारको रुपमा चिनिन्छन् । ५ वटा ब्लकबष्टर फिल्म दिएदेखी उनीहरुलाई मेगास्टारको रुपमा सम्बोधन गर्ने गरेको भारतीय मिडियाहरुबाट बुझ्न सकिन्छ । भारतमा ब्लकबष्टर भन्नाले कारोवारको सय करोड भन्ने बुझिन्छ । बलिउडमा कुनै कुनै मिडयाले मेगास्टारको कम्तिमा १० लाख भन्दा बढि फ्यान फलोअर्स हुनुपर्ने पनि दावी गरेका छन् । नेपालमा पनि धेरै बर्षदेखी लगातार फिल्म गरेका र कमर्सियल रुपमा चलेको सबै भन्दा बढि फिल्म खेलेका राजेश हमाललाई महानायकको संज्ञा दिएका छन् । न राजेश हमालले त्यो ट्याग मागेका थिए न सरकारले ठमाएका थिए । दर्शक, शुभचिन्तक र फिल्मकर्मी ले नै उनको लगाव, फिल्मको बढि संख्या र कमर्सियलका हिसाबले महानायकको संज्ञा दिएका हुन् । यस्तै भुवन केसीलाई सदावहार नायकको संज्ञा दिएका छन् । यो पनि उनको मेहनत, लगाव र निरन्तर राम्रो फिल्म दिएका कारण सदावहारको ट्याग दिएका हुन् । शिव श्रेष्ठलाई पनि एक्शन स्टारको उपमा नेपाली फिल्म क्षेत्रमा दिएका हुन् । यसैको आधारमा अनमोल केसीलाई मेगास्टार भन्दा खासै केही फरक पर्दैन । किनकी जसरी बलिउड र नेपालमै विभिन्न तरिकाले स्टारहरुको रुप निर्धारण गरिएको छ त्यसरी नै अनमोल पनि मेगास्टारमा परेका हुन् । फिल्म होस्टेल, ड्रिम्स, जेरी, गाँजलुदेखी कृ सम्म आउँदा उनले पाँच ब्लक बष्टर फिल्म दिईसकेका छन् । सबै फिल्मले करोड क्लव पार गरेका छन्, त्यो पनि निर्माताको हातमा पर्ने गरि । क्याप्टेन र ए मेरो हजुर ३ पनि ब्लकबष्टर हुनेमा दुईमत रहँदैन ।

अनमोलको सामाजिक सञ्जालमा मात्रै तीन लाख भन्दा बढि फ्यान फलोअर्सहरु छन् । सबै नेपालीहरुमा हेर्ने हो भने १० लाख भन्दाबढि शुभचिन्तक अनमोलका रहेका छन् । सरकारमा रहेका अधिकांश प्रधानमन्त्रीदेखी मन्त्रीहरु, नेताहरु र स्कुल प्रवेश गर्दै गरेका भाईभाईबहिनीहरुलाई अहिलेका पछिल्लो समयका हिरो को हुन् भनी प्रश्न गर्ने हो भने पहिलो उत्तर अनमोल केसी आउँछन् । यतिमात्र हैन विश्वभरी छरिएर बसेका नेपालीहरुले अनमोल केसीलाई राम्रो तरिकाले अग्रस्थानमा राखेर चिन्ने गरेका छन् । यस कारण यी आधारले बलिउडले मेगास्टार भन्न सक्छन् भने नेपालमा अनमोललाई भन्न किन हिच्किचउने रु तर पनि अनमोलले आफुलाई मेगास्टार वा अन्य स्टार भन्दापनि अभिनेता अनमोल केसी भनेको सुन्न रुचाउँने बताएका छन् । यस्तै आधारमा प्रदिप खड्का पनि सुपरस्टार हुन् । फिल्म रोज हिट भएको भए र आउने फिल्महरु पनि हिट हुने हो भने प्रदिप पनि मेगास्टारको लाईनमा जान सक्ने कलाकार हुन् । त्यसैले सबैभन्दा पहिले कुनै नामको ट्याग झुण्डाउने हो भने त्यसको मापन कसरी गर्ने भनि सोच्नुपर्छ । जुन नेपालमा छैन । बलिउडकै तरिकालाई आधार मानेर हेर्दा नेपालको लागि अनमोल मेगास्टार भईसकेका छन् ।

फिल्मी फण्डाबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु