तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

२९ स्वर्णसहित लालीगुराँस पुन च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर २६ गते, बुधबार १८:५५

२६ मंसिर, काठमाडौँ । तारकेश्वर १० अवस्थित लालीगुराँस नेसनल एकेडेमीले तेस्रो मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगितामा २९ स्वर्ण, ६ रजत र ११ कांस्य पदकसहित टिम च्याम्पियनको उपाधि प्राप्त गरेको छ । लालिगुराँशले गत वर्ष पनि च्याम्पियनको उपाधि जित्न सफल भएको थियो । टिम च्याम्पियन हुन् सफल लालिगुराँश नेशनल एकेडेमीले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । हिमरश्मि १३ स्वर्ण, २६ रजत र १४ कांस्यसहित टिममा दोस्रो भयो । पहिलो संस्करणको च्याम्पियन हिमरश्मि गतवर्ष संस्करणमा पनि उपविजेता भएको थियो । दोस्रो स्थान कायम गर्न सफल हिमरश्मिले भने ६० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

तेस्रो भएको किन्डर गार्डेनले ८ स्वर्ण, ३ रजत र १ कांस्य जित्यो । किन्डरगार्टेनले ४० हजार नगदसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । चौंथो स्थानमा रहेको मानसिंह धर्म माविले ५ स्वर्ण, ६ रजत र ३ कांस्य जित्यो । मानसिंहले २० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

तार्केश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगिता “खेल तारकेश्वरको, सन्देश एकताको” भन्ने नारासहित मंसिर १८ गतेदेखि तारकेश्वर ८ को पिपलडाँडा खेलमैदानमा सुरु भएको तेस्रो तारकेश्वर मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । यसपटकको प्रतियोगितामा ८ विधामा सामुदायिक र संस्थागत गरी ५३ विद्यालयका ३४५४ खेलाडीहरुले खेलमा सहभागि भएको कार्यक्रम संयोजक राजेन्द्र प्रसाद तिमल्सिनाले बताएका छन् ।

विजेतालाई तार्केश्वर नगरपालिका मेयर कृष्णहरि महर्जन, तिलागुफा नगरपालिकाका मेयर शंकरप्रसाद उपाध्याय, भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले नगरपालिकाको हलमा आयोजित एक औपचारिक कार्यक्रममा पुरस्कृत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु