दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बक्स अफिसमा पुष्पाले छिटो कमाउने इतिहास रच्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर २८ गते, शुक्रबार ६:४३

काठमाडौं। अल्लु अर्जुन अभिनित हिन्दी फिल्म “पुष्पा २:द रुलु”ले बक्स अफिसमा इतिहास रचेको छ। फिल्म एक सातामै विश्वभरबाट एक हजार ६२ करोड कमाएको हो। फिल्मले भारतीय सिनेमाको इतिहासमा सबैभन्दा छिटो एक हजार करोड कमाउने रेकर्ड तोडेको छ। “पुष्पा २:द रुलु”ले केवल ६ दिनमै रेकर्ड तोडेको हो । यसअघि “बाहुबली २:स् द कनक्लुजन”ले १० दिनमा यो रेकर्ड बनाएको थियो। फिल्मले प्रदर्शनको पहिलो दिनमै विश्वभर २ सय ९४ करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो। यो भारतको फिल्म इतिहासमै सबैभन्दा ठूलो ओपनिङ कलेक्सन हो। सुकुमारद्वारा निर्देशित “पुष्पा २:द रुलु” सन् २०२१ को हिट फिल्म “पुष्पाज द राइजु”को सिक्वेल हो। यसमा अल्लु अर्जुनसँगै रश्मिका मन्दना र फहद फासिलको मुख्य अभिनय रहेको छ।
पछिल्लो विवरणसँगै “पुष्पा २:द रुलु” भारतका सबैभन्दा धेरै कमाइ गर्ने शीर्ष तीन फिल्महरूको सूचीमा प्रवेश गर्ने पनि देखिएको छ। यसअघि ‘दंगल’ले २ हजार २६ करोड र ‘बाहुबली २ : द कन्क्लुजन’ ले एक हजार ८८ करोड भारतीय रुपैयाँ कमाएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु