दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न आज मतदान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर २८ गते, शुक्रबार ११:१३

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ। आज महासंघको केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन हुनेछ । अपराह्न ४ बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। केन्द्रीय अध्यक्षका लागि चार जना प्रतिस्पर्धामा छन् । अध्यक्ष पदमा निर्मला शर्मा, रमेश विष्ट, देवीप्रसाद सापकोटा र लाल सिंह (एलएस) लामा उम्मेदवार छन् । शर्मा प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यानलबाट, विष्ट प्रेस युनियनको विद्रोही, प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको संयुक्त प्यानलबाट तथा सापकोटाले क्रियाशील पत्रकारहरुको साझा मोर्चाबाट उम्मेदवारी दिएका हुन् । लामाले भने स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा शर्मा प्यानलबाट दीपक आचार्य, विष्ट प्यानलबाट रोशन पुरी र सापकोटा प्यानलबाट गोविन्दप्रसाद चौलागाईं उम्मेदवार छन् । यसैगरी महिला उपाध्यक्ष शर्मा प्यानलबाट नितु पण्डित, विष्ट प्यानलबाट गंगा पौडेल प्रतिस्पर्धामा छन् । सापकोटा प्यानलबाट महिला उपाध्यक्षको उम्मेदवार छैनन् । समावेशी उपाध्यक्षमा शर्मा प्यानलबाट उमिद बागचन्द, विष्ट प्यानलबाट सुभाषप्रसाद शाह प्रतिस्पर्धामा छन् । यसैगरी महासचिव पदमा शर्मा प्यानलबाट रामप्रसाद दाहाल, विष्ट प्यानलबाट लेखनाथ न्यौपाने र सापकोटा प्यानलबाट जन्मदेव जैशी उम्मेदवार छन् । कोषाध्यक्ष पदमा शर्मा प्यानलबाट रामकृष्ण ज्ञवाली र विष्ट प्यानलबाट रामकृष्ण अधिकारी उम्मेदवार छन् । सचिव पदमा शर्मा प्यानलबाट रमेश खतिवडा (खुला),सोनी शर्मा (महिला), सविन प्रियासन (आदिवासी जनजाती), अशोक कुमार तिवारी (मधेशी), प्रकाश धौलाकोटी (दलित), वैकुण्ठ पराजुली (एसोसिएट) उम्मेदवार छन् । विष्ट प्यानलबाट सचिव पदमा उत्तरसिंह विष्ट (खुला), सरिता बराइली (महिला), भिसन राई (आदिवासी जनजाती), श्रीजन झा (मधेशी), बसन्त विक (दलित) र विकास कार्की (एसोसिएट) उम्मेदवार छन् । लेखा समिति संयोजकमा शर्मा प्यानलबाट केसी लामिछाने र विष्ट प्यानलबाट ध्रुव कुमार रावल उम्मेदवार छन् । सापकोटा प्यानलबाट सचिव पदमा कुमार ओझा (खुला), टीकाराम प्रधान (आदिवासी जनजाती), प्रविण कुमार चौधरी (मधेशी), सन्तोष कुमार बराइली (दलित) र योगेश खपाङ्गी (एसोसिएट) उम्मेदवार छन् ।

प्रकाशन मिति–२०८१ मंसिर २८ गते शुक्रवार ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु