दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा डा पराजुली र केसी नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष ४ गते, बिहीबार ५:३६

काठमाडौँ, ३ पुस । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा डा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त हुनुभएको छ ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मङ्गलबार संखुवासभा मकालु गाउँपालिका–३ का डा पराजुली र धादिङ गङ्गाजमुना गाउँपालिका–५ का केसीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गर्नुभएको हो ।

डा पराजुलीलाई नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (ङ) बमोजिम विद्युत उपभोक्ता मध्येबाट र केसीलाई नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ९ को उपदफा (३) को खण्ड (च) बमोजिम विद्युत क्षेत्रका विशेषज्ञता हाँसिल गरेका व्यक्तिबाट मनोनित गरिएको मन्त्री खड्काका निजी सचिव मनोज पन्थले जानकारी दिनुभयो ।

मन्त्री खड्काले उहाँहरु दुवैजनालाई चार वर्षका लागि सञ्चालक समिति सदस्य पदमा मनोनित गर्नुभएको हो । जलस्रोत क्षेत्रमा विद्यावारिधी हाँसिल गर्नुभएका नवनियुक्त डा पराजुली प्राध्यापनका साथै जलविद्युत उत्पादन क्षेत्रमा परामर्शदाताका रुपमा लामो समयदेखि काम गर्दै आउनुभएको छ ।

उहाँले नेपालकै पहिलो टनेल तथा रिभर डाइभर्सन परियोजना भेरी बबई डाईभर्सनको मुख्य परामर्शदाताका रुपमा समेत काम गर्नुभएको थियो । डा पराजुलीले एशियाली विकास बैँकमा समेत परामर्शदाताका रुपमा काम गर्नुभएको थियो ।

डेमोक्रेटिक ईन्जिनीयर्स एशोसियशन अफ नेपाल (सिडेन)का अध्यक्षसमेत रहनुभएका केसी विगत दुई दशकदेखि विकास र ईन्जिनीयरिङ क्षेत्रमा काम गर्दै आउनुभएको छ । संयुक्त राज्य अमेरिकाबाट सिभिल ईन्जिनीयरिङमा स्नातकोत्तर गर्नुभएका केसीले विश्व बैँकको परामर्शदाताका रुपमा काम गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु