तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

हिमरश्मि र लालीगुराँस प्रिक्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष ४ गते, बिहीबार ६:१३

काठमाडौं, पुस ३ गते । आयोजक हिमरश्मि नीलो र लालीगुराास नेसनल एकेडेमी प्रथम हिमरश्मि कप यु–१९ कलेज÷स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
हिमरश्मि नीलोले एन्जल्स हार्टलाई १४–२५, २५–१९ र १५–७ ले पराजित गर्दै समूह ‘डि’ को विजेता बन्यो । पहिलो खेलमा हिमरश्मिले गणेश कलेजलाई सीधा सेटमा २–० ले हराएको थियो । सोही समूहको अर्को खेलमा एन्जल्स हार्टले गणेशलाई २५–१४ र २५–१५ को सोझो सेटमा हराउदै उपविजेताका रुमा प्रिक्वाटरफाइनलमा पुग्न सफल भयो ।
दोहोरो जित निकालेको लालीगुराँसले गीताञ्जलीलाई २५–१९ र २५–२१ तथा कालीदेवी माविलाई २५–१३ र २५–२३ को सोझो सेटमा पाखा लगाउदै समूह ‘बी’ को विजेता भयो ।
एनआर कलेजले ओरियन्टलाई २५–२० र २५–२१, ग्लेसियरले ग्राम सेवालाई २३–२५, २५–१९ र १५–१३ र ग्रामिण बहुमुखी क्याम्पसलाई २३–२५, २५–२१ र १६–१४ तथा सेन्ट लरेन्सले मानसिंह माविलाई २५–११ र २५–२१ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
यससंगै प्रिक्वाटरफाइनल समीकरण पनि तयार भएको छ । प्रिक्वाटरफाइनल एनआर र ग्रामिण, लालीगुराँस र एन्जल्स हार्ट, ग्लेसियर र ओरियन्ट तथा हिमरश्मि नीलो र गीताञ्जलीबीच हुनेछ । अन्यमा सेन्ट लरेन्सले प्रारम्भ, जय मल्टिपल क्याम्सले चाणक्य, युनिग्लोबले मानसिंह तथा न्युटनले पासाङ ल्हामु विरुद्ध खेल्ने छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु