दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उमा आरबी श्रेष्ठको गायनमा पहिलो नेपाली पार्टी क्लब डिस्को गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष ७ गते, आईतवार १०:४७

काठमाडौं। नेपालको पहिलो लेडी व्याण्ड स्पार्कलका संस्थापक उमा आरबी श्रेष्ठले पहिलो पल्ट नेपाली पार्टी क्लब डिस्को गीत सार्वजनिक गरेकी छन्। ओएसआर डिजिटल मार्फत विश्वव्यापी नेपाली पार्टी क्लब डिस्को गीत सार्वजनिक गर्ने कार्य गायिका उमा आरबी श्रेष्ठवाट भएको हो।

नेपाली गीत–संगीतको क्षेत्रमा क्लब पार्टी गीतको म्युजिक भिडियो खासै नभएको अवस्थामा गायिका श्रेष्ठले आफैले गीत गाउनुको अलावा शव्द–रचना तथा संगीत समेत दिएर नौलो आयामिक कार्य गरेकी छन्। म्युजिक एरेञ्ज भने, बरिष्ठ संगीतकार अनिल शाहीको छ । त्यसको अलावा यस गीतको म्युजिक भिडियोको निर्देशन समेत गायिका श्रेष्ठ आफैले गरेर डाइनिमिक कार्य गर्न सफल भएकी छन्।

गीतको भिडियोको कोरियोग्राफी सुप्रसिद्ध कोरियोग्राफर रोहिया महर्जनले गरेकी हुन्। अभिनय सृष्टि महर्जन र इन्जामम अलि खानको छ। यो गीतको माध्यमवाट सवै नेपालीहरुले नेपाली डिस्को गीतमा मज्जाले डिस्को डान्स गर्न मिल्ने भएको छ।
प्रकाशन मिति–२०८१ साल मंसिर ७ गते आइतवार ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु