तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

संगीत पारखीहरुको लागी बानेश्वरमा खुल्यो ‘पिङ्क पुतली’ रेस्टुरेन्ट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष ८ गते, सोमबार १३:०४

काठमाडौँ। पछिल्लो समय काठमाडौँमा रेस्टुरेन्टमा बसेर मिठा मिठा परिकारको स्वाद लिंदै लाइभ म्युजिक सुन्नेहरुको संख्या बढेको छ। संगीत पारखीहरुको लागी नयाँ बानेस्वरमा ‘पिङ्क पुतली’ नामक रेस्टुरेन्ट खुलेको छ। काठमाडौँमा पहिलो पटक रेस्टुरेन्टले ग्राण्ड ओपनिङ्ग चर्चित कलाकारहरुको सांगीतिक कार्यक्रमबाट गर्दैछ।

नयाँ बानेस्वर एभरेस्ट होटल संगै पिसी कम्प्लेक्समा रहेको रेस्टुरेन्ट ‘पिङ्क पुतली’ मा गायिका अन्जु पन्त,गायक कमल खत्री,गायिका एलिना चौहान,गायिका रचना रिमाल,गायिका अस्मिता अधिकारी,गायक महेश काफ्ले,गायक राहुल रक्स,गायिका सृस्टी राउत,किसन सिजापतिको सांगीतिक प्रस्तुति रहनेछ। डिसेम्बर २४ तारिख देखि जनवरी १ सम्म दैनिक सांगीतिक कार्यक्रमहुने रेस्टुरेन्ट सन्चालकले बताए। ‘पिङ्क पुतली’ मा खानाका बिभिन्न परिकार संगै सांगीतिक मजा लिनको लागी टेबल बुकिङ्ग समेत सुरु भई सकेको छ। बुकिङ्गको लागी सम्पर्क नम्बर ९८०३०७४६६६ रहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु