तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

युकेमा सन्जित सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष ९ गते, मंगलवार १६:३२

किरात राई यायोक्खा, युकेले सन्जितकुमार राईलाई सम्मान गरेको छ । नोभेम्बर २४ तारिखमा युकेमा भएको डब्लुुएमएसी वेल्स खुला प्रतियोगितामा पदक जित्दै राष्ट्रको गौरव अभिबृद्धि गरे वापत सन्जितलाई सम्मान गरिएको हो । डब्लुुएमएसी वेल्समा सन्जितले २ स्पर्धामा समान १–१ स्वर्ण र रजत जितेका थिए ।
किरात राई यायोक्खा, युकेका अध्यक्ष आशा राई र महासचिव राजेन राम्जाङ राईले सन्जितलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे । यसअघि सोही उपलब्धीको कदर गर्दै एनआरएनए, युकेले पनि सन्जितलाई सम्मान गरेको थियो । एनआरएनए, युकेका अध्यक्ष हितकाजी गुरुङ र महासचिव गोविन्द खरेलले सन्जितलाई प्रशंसा पत्रसहित सम्मान गरे ।
डब्लुुएमएसी वेल्सअघि सन्जितले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा १ स्वर्ण र १ कांस्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई फरक संस्करणमा सन्जितले २ स्वर्ण जितेका छन् ।
सनिजतले भारत, अस्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै विभिन्न राष्ट्रिय प्रतियोगितामा मुख्य निर्णायका रुपमा पनि काम गरेका थिए । सन्जित नेपाल उमा कुङफु संघका अध्यक्ष हुन् । हाल युकेमै रहेका सन्जित यसै साता स्वदेश फर्किदै छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु