तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

जेम्सले जित्यो दोस्रो थन्डरबोल्ट्स कपको उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष १० गते, बुधबार ६:५८

काठमाडौं, पुस ९ , २०८१
दोस्रो थन्डरबोल्ट्स कप २०२४ को उपाधि जेम्स स्कुलले जितेको छ । मंगलबार भएको अन्तिम प्रतिस्पर्धाको नतिजामा कुल ४८ अंक जोड्दै जेम्स च्याम्पियन बनेको हो ।
त्यस्तै एभीएम स्कुलले दोस्रो तथा नेपाल पुलिस क्लबले तेस्रो स्थान हात पारे । दुबै स्कुलले समान २३ अंक प्राप्त गरेको भएपनि वढी स्वर्ण पदक जितेको आधारमा एभीएम दोस्रो स्थानमा रहन सफल भयो ।
एघार खेल, २८ विधा र त्यस अन्तर्गतका विभिन्न प्रतिस्पर्धाबाट सबैभन्दा बढी अंक प्राप्त गरेको जेम्सले च्याम्पियन्स कपसहित ५ लाख नगद प्राप्त गर्यो । पहिलो संस्करणमा पनि जेम्स स्कुल नै च्याम्पियन बनेको थियो ।
एघार दिन लामो चलेको प्रतियोगितामा उपत्यका भित्र र बाहिरका गरी १ सय ४० भन्दा बढी स्कुल र ४ हजारभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताहरुलाई प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले विजेता छात्र–छात्रा, विजेता टिम र विजेता स्कुललाई मेडल तथा ट्रफी प्रदान गर्नुभयो ।
आयोजक स्कुलका तर्फबाट खेलकुद निर्देशक सौरभ सिंहले आउँदा वर्षमा देशव्यापी रुपमा अझ धेरै विद्यालयहरुको सहभागिता रहने गरी आउँदो वर्षको प्रतियोगिता झन ठूलो रुपमा आयोजना गर्ने बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु