तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अल इफुटबल लिग हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष १० गते, बुधबार ७:०१

अल इफुटबल इस्पोर्ट्स प्रालीको आयोजनामा इफुटबल इस्पोर्ट्स लिग आयोजना हुने भएको छ । आयोजकले मंगलबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता यही पुस २१ गतेदेखि सुरु हुने जानकारी गरायो ।
पछिल्लो समयमा नेपालमा इस्पोर्ट्सको बढ्दो क्रेजलाई मध्यनजर गर्दै पहिलोपटक इफुटबल आयोजना गर्न लागेको आयोजक संस्थाका सागर घिमिरेले जानकारी दिए ।
प्रतियोगितामा ५० देखि ६० खेलाडीको सहभागिता अपेक्षा रहेको घिमिरेले जानकारी दिए । प्रतियोगिता च्याम्पियन्स लिग फर्म्याटमा आयोजना गरिनेछ ।
‘लिग चरण देखि क्वाटरपाइनलसम्मका खेलहरु घरबाटै अनलाइनमा खेलाइनेछ । सेमिफाइनल र फाइनल खेल भौतिक रुपमा गर्नेछौं ।’ घिमिरेले भने । अन्तिम चरणको खेल एक दिन सञ्चालन हुने सागर घिमिरेले बताए ।
प्रतियोगिताको लागि ५०० दर्ता शूल्क तोकिएको छ । यस्तै प्रतियोगिताको कूल पुरस्कार राशी १ लाख रहेको छ ।
यस प्रतियोगिताबाट खेलाडी उत्पादनमा सहयोग पुग्ने र आर्थिक रुपमा समेत खेलाडीलाई फाइदा पुग्ने आयोजकको विश्वास छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु