तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाली कांग्रेस कामपा ४ मा १०० दिने विशेष अभियान अभिमुखिकरण कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष ११ गते, बिहीबार ७:५८

काठमाडौं । नेपाली कांग्रेस काठमाडौ महानगरपालिका वडा नं ४ ले नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले गरेको निर्णय अनुसार १०० दिने विशेष अभियान अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

पार्टीका वडा सभापति रामप्रसाद न्याैपानेको अध्यक्षतामा भएको
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल पूर्व मन्त्री एवम् नेता नरहरि आचार्यको उपस्थिति सहित स्थानीय तहका जनप्रतिनिधि र कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ४ मा रहेका जिल्ला , क्षेत्र , प्रदेश र नगरका सदस्यहरु, भातृ संस्थाका पदाधिकारीहरु, वडा समिति टोल कार्य समिति , क्षेत्रीय प्रतिनिधिहरुको उपस्तितीमा १०० दिने विशेष अभियान अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिन, विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण, कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखिकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन सो अभियान थालिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु