दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भुकम्प स्मृति बहुउद्देश्यी कभर्ड हलको उद्घाटन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष ११ गते, बिहीबार १८:२३

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले काठमाडौं नगरपालिका वडा नम्बर १५ डल्लु अवास क्षेत्रमा निर्माण भएको भुकम्प स्मृति बहुउद्देश्यी कभर्ड हलको बिहीबार एक समारोहबीच ऊद्घाटन गरेका छन् । कार्यक्रम एनओसीसँगै डल्लु आवास स्थानीय सहयोग समितिको संयुत्त आयोजनामा भएको थियो ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले यो कभर्ड हल निर्माणका लागि आर्थिक सहयोग गरेको थियो । यसको निर्माणका लागि कुल चार करोड ५० लाख रुपैंया खर्च भएको छ । कभर्ड हलको सिल्यानास २०७९ को असोजमा भएको थियो । यसमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत इन्डोर खेलको आयोजना गर्न सकिनेछ ।

उद्घाटन अवसरमा अध्यक्ष श्रेष्ठले कभर्डको निर्माणले स्थानीय खेलको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने बताउँदै यसले स्थानीय खेलाडी उत्पादनमा पनि सहयोग गर्ने बताए । श्रेष्ठले भने, ‘यो नेपाली खेलकुदका लागि ठूलो उपलब्धी हो । कभर्ड हलका कारण यो क्षेत्रमा खेलकुद विकासमा मदत पुग्नेछ । खेल स्थलकै उपलब्ध भएपछि मात्रै खेलाडी उत्पादनका लागि मदत पुग्ने हो ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु