तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रोफेशनल हाप्किडो आजदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष १२ गते, शुक्रबार ७:०१

नेपाल हाप्किडो संघको आयोजनामा दोस्रो प्रोफेशनल हाप्किडो राष्ट्रिय प्रतियोगिता यही पौष १२ र १३ गते नेपालगंज रंगशालामा हुने भएको छ । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेपाल हाप्किडो संघले वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा सातवटै प्रदेशका खेलाडीहरूले सहभागिता जनाउँने छन् ।
प्रतियोगितामा केडेट, जुनियर र सिनियर तीनवटा विधामा विभिन्न तौल समूहका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । संघले नियमित वार्षिक ६ वटा राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दै आएका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु