दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वडा ७ लाई टिम स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष १२ गते, शुक्रबार १६:४४

काठमाडौं, पुस १२ गते ।ललितपुर महानगरपालिका वडा ७ ले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा स्वर्ण जितेको छ । स्वर्ण विजेता खेलाडी टोलीमा डिकेन महर्जन, एलेक्स महर्जन, एलेन महर्जन, मिजेन शाक्य र निकेश जोशी छन् । ज्याकी महर्जन टोली प्रशिक्षकको जिम्मेवारीमा छन् ।
पाटनको गःछेंःमा भएको फाइनलमा वडा ७ ले वडा ८ लाई ३–१ ले पराजित ग¥यो । वडा ७ ले पहिलो सिंगल्स गुमाए पनि खेलमा पुनारगमन ग¥यो र लगातार ३ सिंगल्स जित्दै स्वर्ण हात पा¥यो ।
पहिलो सिंगल्समा एसियाली खेलकुदमा सहभागिता जनाइसकेका वडा ८ का रुविन महर्जनले वडा ७ का डिकेनलाई ११–५, ११–७, १०–१२ र ११–४ को सेटमा पराजित गरे । अन्य सिंगल्समा वडा ७ का एलेक्सले विपुल महर्जनलाई ११–८, ९–११, ११–५ र १५–१३ तथा रुविनलाई ११–९, ११–८, ८–११ र ११–७ को सेटमा हराए । एलेनले ज्ञानेश्वर महर्जनलाई ७–११, ११–६, ११–५ र ११–६ को सेटमा पाखा लगाए ।
ललितपुर महानगरपालिका वडा ९ द्वारा आयोजित प्रतियोगिताको महिला टिम इभेन्टमा वडा १७ ले स्वर्ण, वडा ८ ले रजत तथा वडा १९ र १६ ले कांस्य जिते । पुरुष भेट्रान टिम इभेन्टमा वडा २० पहिलो, वडा १६ दोश्रो तथा वडा ११ र ९ तेश्रो भए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु