दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

डाँडाथोक युँरी तमु समाज काठमाडौको ल्होसार महोत्सव सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष १३ गते, शनिबार २०:५४

काठमाडौ, १३ पुस । डाँडाथोक युँरी तमु समाज काठमाडौको आयोजनामा ल्होसार शुभकमना आदनप्रदान तथा वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रममा विभिन्न व्यत्तित्वहरुले ल्होसारको शुभकामना व्यक्त गरेका छन्। कार्यक्रममा सोफा हव काठमाडौंका प्रमुख एवं सोफा उत्पादक संघ नेपालका अध्यक्ष तारा लाल धरेलले पुरानो ल्हो (वर्ष) को बिदाइ र नयाँ ल्हो(वर्ष) को स्वागतको रुपमा गुरुङ्ग (तमु) जातिले मनाउने ल्होसार पर्वको अवसरमा सु-स्वास्थ्य एवं दीर्घायूको कामना व्यक्त गरेका छन्।

उनले नेपालको राष्ट्रियता, धर्म संस्कृति र विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रिय मेरुदण्डका रुपमा आत्मसात गर्न जोड दिए ।
नेपाल विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेष-भुषा र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै अगाडि बढ्न् आजको आवश्यकता भएको उनले बताए ।

समाज सेवी तथा भिक्टोरियन भेन्यु होटलका प्रबन्ध निर्देशक खुशी गुरुङ्गले ल्होछार जस्ता पर्वले छहरिएर रहेका विभिन्न जात जाती, धर्म सँस्कृतिलाई जगेर्ना गर्नुका साथै सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई एकता सद्भाव कायम राख्ने मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

समाजका अध्यक्ष आनन्द राम गुरुङ्गले सबैको सहयोग र सद्भावले शुभकमना आदनप्रदान तथा वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भइएको बताउँदै आगामी दिनमा पनि यस्ता किसिमको सहयोग प्राप्त भएमा समाजलाई वभिन्न कार्यक्रम सँगै अन्य कार्यक्रम गर्न सहज हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गुरुङ समुदायको विभिन्न कला, सँस्कृती झल्कने कलाकारहरुको बेजोड प्रस्तुति गीत संगीत, नृत्य प्रस्तुत गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु