
-सरोज ओझा
म कहिले काही कल्पिन्छु
यदि म तिमी भएको भए
अर्थात तिम्रो ठाउँमा म भएको भए
शायद तिमी भन्दा बेग्लै सोच्थे होला
तिमीले भन्दा बेग्लै व्यवहार गर्थे पो होला ।
सोच्छु तिमी जस्तो निष्ठुर म पक्कै हुने थिईन
हो तिमी जस्तो कपटी
तिमी जस्तो छ्द्म
तिमी जस्तो दुई जिब्रे
तिमी जस्तो घमण्डी
तिमी जस्तो ईश्र्यालु
तिमी जस्तो अधैर्य पक्कै म हुन्न थिए होला ।
म त एक सफा मन भएको मान्छे
तिमी जस्तो पाप
तिमी जस्तो रिस राग पालेर होईन
द्धेष राखेर होईन
निस्फिक्री सहि र गलतका आधारमा
तिमीसँग व्यवहार गर्थे
चित्त नबुझे बहसमा उत्रिन्थे
तर शान्तीपूर्ण अनि
भद्र हुन्थ्यो त्यो मेरो विद्रोह !
म तिम्रा असह्य पिडामा
मलम लाउन आउथे
तिम्रो सामु आएर
तिमीलाई ढाढस दिन्थे
हो म तिमीलाई साथ दिन्थे
म तिम्रो खुट्टा अवश्य तान्दैनथे
बरु म काध पो थाप्थे
म तिम्रा हरेक पाईला
अनि कर्मको सफलताको लागि मनैदेखी
शुभेच्छा अनि प्राथर्ना गर्थे !
भारी होईन चंगा मन लिएर
संकुचित होईन उदार सोच लिएर
शान्त अनि धर्य बनेर
अरुलाई सुनेर
अरुका भावना बुझेर
पराईलाई पनि आफनै ठानेर
मानवतालाई धर्म मानेर
प्राणी जगतको भलो चिताउदै
खुला हृदयले शायद म
संसार नियाल्थे
जगत चियाउथे !
म पक्कै कसै प्रति भेदभाव गर्दिनथे
शायद अरुका हरेक गल्तीमा
माफ दिने थिए
हरेक समस्यामा साथ दिने थिए
दुःख अनि सुख दुवैमा
साथ हुने थिए !
म तिमी भएको भए मित्र
शायद निष्ठाको यात्रामा हुने थिए
स्वार्थ भन्दा माथि उठेर
म किन्चित विचलित नभई
आफुले आँफैलाई सर्वेसर्वा नठानी
हरेक पेशाकर्मीको उत्तिकै सम्मान गर्थे
दुःखको पहिचान गर्थे
कर्मको सम्मान गर्थे
समानता र सह अस्तित्वको
यात्रा भर्थे !
झै झगडा, क्लेस, विरोध
आदीबाट टाढै बसेर
सबै सबैका लागि हुने गरि
सु – व्यवस्थाको मसिहा हुन्थे
वा त
सामान्य मानिस भएरै
विवेकशिल प्राणी हुन्थे
विवेकशिल प्राणी हुन्थे !


