दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

स्युचाटार क्रिकेट लिगको क्वार्टरफाइनल समीकरण पुरा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष १७ गते, बुधबार १८:२७

तारकेशवर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पुरा भएको छ।

बुधबार प्रतियोगिताको लिग चरणको सम्पूर्ण खेलहरु समाप्त भएपछि समुह ‘ए’ बाट समुह विजेताको रुपमा क्रिकेट एक्सिलेन्स सेन्टर र उपविजेताको रुपमा चक्रवर्ती ल कलेज, समुह ‘बि’ बाट समुह विजेताको रुपमा किंग्स क्रिकेट एकेडेमी र उपविजेताको रुपमा स्टुडियो सेभेन, समुह ‘सी’ बाट समुह विजेताको रुपमा टिम बिडीएस र उपविजेताको रुपमा बिएमडीएस तथा समुह ‘डी’ बाट समुह विजेताको रुपमा ग्रेट हिमालय क्रकेट एकेडेमी र उपविजेताको रुपमा मिक्समान्डु क्वार्टरफाइनल पुगेका छन्।

प्रतियोगिताको क्वार्टरफाइनल र सेमीफाइनल खेलहरु शुक्रबार हुनेछन् भने फाइनल खेल शनिवार हुनेछ। पहिलो क्वार्टरफाइनलमा क्रिकेट एक्सिलेन्स सेन्टर र बिएमडीएस, दोश्रो क्वार्टरफाइनलमा चक्रवर्ती ल कलेज र टिम बिडीएस बीच, तेश्रो क्वार्टरफाइनलमा किंग्स क्रिकेट एकेडेमी र मिक्समान्डु तथा चौंथो क्वार्टरफाइनलमा स्टुडियो सेभेन र ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रतिस्पर्धा गर्नेछन्।

काठमाण्डौ स्युचाटार स्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोर मैदानमा सम्पन्न खेलहरुमा बिएमडीएस, हिमालयन क्रिकेट एकेडेमी, बिएमडीएस र चक्रवर्ती ल कलेज विजयी भए।

आजको पहिलो खेलमा बिएमडिएसले हिमालयन क्रिकेट एकेडेमीलाई २२ रनले पराजित गर्यो। ६५ रनको लक्ष्य पछाएको हिमालयन क्रिकेट एकेडेमीले ४२ रनमा सबै विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित बिएमडिएसका निरज भट्टले तीन विकेट लिनुको साथै १३ रन बनाए।

आजको दोस्रो खेलमा हिमालयन क्रिकेट एकेडेमीले कालिका वारियर्सलाई ६० रनले पराजित गर्यो। ७६ रनको लक्ष्य पछ्याउने क्रममा कालिका वारियर्स १५ रनमै समेटियो। प्लेयर अफ द म्याच घोषित हिमालयन क्रिकेट एकेडेमीका सुलभ न्यौपानेले चार विकेट लिए।

आजको तेस्रो खेलमा बिएमडीएसले कालिका वारियर्सलाई तीन विकेटले पराजित गर्यो। ४३ रनको लक्ष्य पाएको बिएमडीएसले आठ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो । प्लेयर अफ द म्याच घोषित निरज भट्टले १७ रन बनाउनुको साथै तीन विकेट पनि लिए।

आजको चौथो खेलमा चक्रवर्ती ल कलेजले नवज्योति युथ क्लबलाई तीन विकेटले पराजित गर्यो। ६३ रनको लक्ष्य पाएको चक्रवर्ती ६. २ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो। प्लेयर अफ द म्याच घोषित समर्पण अधिकारीले १२ रन बनाउनुको साथै एक विकेट पनि लिए।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्लेयर अफ सिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु